मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

११ महिनामा १७ खर्ब ६३ अर्बको आयात, वैदेशिक व्यापार २९.५ प्रतिशतले बढ्यो

मंगलबार, असार ७ २०७९
११ महिनामा १७ खर्ब ६३ अर्बको आयात, वैदेशिक व्यापार २९.५ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो ११ महिनामै नेपाल भारत तथा तेस्रो मुलुकबाट १७ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको सामान आयात गरेको छ।

काठमाडौं- चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो ११ महिनामै नेपालले भारत तथा तेस्रो मुलुकबाट १७ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको सामान आयात गरेको छ।

आयात रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको ११ महिनामा कुल १३ खबै ८३ अर्ब रुपैयाँ बराबरको सामान आयात गरको थियो।

यसैगरी नेपालले चालु आर्थिक वर्षको ११ महिनामा १ खर्ब ८५ अर्बको सामान निकासी गरेको छ।

निकासी पनि गत आवको भन्दा ५३.३ प्रतिशतले बढी हो। नेपालको ११ महिनाको कुल वैदेशिक व्यापार १९ खर्ब ४९ अर्ब पुगेको छ। कुल वैदेशिक व्यापार पनि २९.५ प्रतिशतले बढको छ। 

वैदेशिक व्यापार घाटा पनि २५ प्रतिशतले बढेको छ। ११ महिनाको कुल वैदेशिक व्यापार घाटा १५ खर्ब ७७ अर्ब रुपैयाँ  पुगको छ।


प्रकाशित : मंगलबार, असार ७ २०७९०९:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend