शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

११ महिनामा १७ खर्ब ६३ अर्बको आयात, वैदेशिक व्यापार २९.५ प्रतिशतले बढ्यो

images
मंगलबार, असार ७ २०७९
images
११ महिनामा १७ खर्ब ६३ अर्बको आयात, वैदेशिक व्यापार २९.५ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो ११ महिनामै नेपाल भारत तथा तेस्रो मुलुकबाट १७ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको सामान आयात गरेको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो ११ महिनामै नेपालले भारत तथा तेस्रो मुलुकबाट १७ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको सामान आयात गरेको छ।

images
images
images

आयात रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको ११ महिनामा कुल १३ खबै ८३ अर्ब रुपैयाँ बराबरको सामान आयात गरको थियो।

images
images

यसैगरी नेपालले चालु आर्थिक वर्षको ११ महिनामा १ खर्ब ८५ अर्बको सामान निकासी गरेको छ।

images
images

निकासी पनि गत आवको भन्दा ५३.३ प्रतिशतले बढी हो। नेपालको ११ महिनाको कुल वैदेशिक व्यापार १९ खर्ब ४९ अर्ब पुगेको छ। कुल वैदेशिक व्यापार पनि २९.५ प्रतिशतले बढको छ। 

वैदेशिक व्यापार घाटा पनि २५ प्रतिशतले बढेको छ। ११ महिनाको कुल वैदेशिक व्यापार घाटा १५ खर्ब ७७ अर्ब रुपैयाँ  पुगको छ।


प्रकाशित : मंगलबार, असार ७ २०७९०९:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend