मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

सर्वसाधारणलाई हिमालयन हाइड्रोपावर आईपीओ आउँदै

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ७ २०७९
सर्वसाधारणलाई हिमालयन हाइड्रोपावर आईपीओ आउँदै

काठमाडौं- हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले यही असार १५ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासनको बिक्री खुला गर्न लागेको हो। 

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेकामा २ लाख ८१ हजार ७५० कित्ता मात्र बाँडफाँट भएको र बाँकी ६ लाख १८ हजार २५० कित्तासहित कूल १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको सार्वजनिक आह्वान पत्रमा उल्लेख छ।

कम्पनीले निष्कासन गर्ने कूल सेयरमध्ये ३९ हजार ३६५ कित्ता कर्मचारीहरु र ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ। त्यसमा बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता सेयरमा सर्वसाधारणले असार १९ सम्म आवेदन दिन पाउने तथा निष्कासनबमोजिम माग नआए ढिलोमा असार २९ गतेसम्म कम्पनीको आईपीओ बिक्री खुला रहने छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा एक हजार कित्ताका सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो सेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ। 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। 
 
कम्पनीले कास्कीको मादी गाउँपालिकामा रहेको मादी नदीको बहाव प्रयोग गरेर ११.८८ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ। कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी- आइआर बी प्लस’ ग्रेडिङ प्रदान गरेको छ। रासस


प्रकाशित : मंगलबार, असार ७ २०७९०७:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend