मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

वाणिज्य बैंकहरूमा एकैदिन ६ अर्ब निक्षेप, ऋण ठप्प भएपछि सीडी रेसियो ९० प्रतिशतभन्दा तल

मंगलबार, असार ७ २०७९
वाणिज्य बैंकहरूमा एकैदिन ६ अर्ब निक्षेप, ऋण ठप्प भएपछि सीडी रेसियो ९० प्रतिशतभन्दा तल

काठमाडौं- पुँजीगत खर्च बढेसँगै वाणिज्य बैंकहरूमा निक्षेप पनि आउन थालेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार एकैदिन बैंकहरूमा ६ अर्ब निक्षेप थपिएको छ।

तथ्यांकअनुसार ४९ खर्ब ७५ अर्ब निक्षेप रहेकोमा एकैदिन ६ अर्ब निक्षेप थपिएर ४९ खर्ब ८१ अर्ब पुगेको छ। वाणिज्य बैंकहरूमा ४३ खर्ब ९८ अर्ब निक्षेप पुगेको छ।

त्यस्तै ऋण प्रवाह भने ठप्प भएको छ। ४७ खर्ब १३ अर्बबाट घटेर ४७ खर्ब ११ अर्बमा पुगेको छ। त्यस्तै वाणिज्य बैंकहरूमा ४१ खर्ब ४२ अर्बबाट घटेर ४१ खर्ब ८१ अर्बमा झरेको छ। 

निक्षेप र ऋण प्रवाह सीडी रेसियो अनुपात ८९.४९ प्रतिशतमा झरेको छ। नेपाल राष्ट्र बैंकले ९० प्रतिशत भन्दा तल झार्न ताकेता गरेपछि बैंकहरूले ऋण रोकेर सीडी रेसियोको अनुपात ९० भन्दा तल झारेका हुन्।  
 


प्रकाशित : मंगलबार, असार ७ २०७९०५:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend