शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

सोमबारदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ

images
बिजनेस न्युज
images
images
सोमबारदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ

‘बुकिङ गरेर फर्कँदा नै आफू जान मिति, गन्तव्य र सिट निश्चित भयो भने पछि जानेदिन अप्ठेरो पर्न सक्छ,’ सिटौलाले भने। 

images
images

काठमाडौं- भोलि सोमबारदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्दै छ। लामो दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गर्न यातायात व्यवस्था विभाग र यातायात व्यवसायी सहमत भएका हुन्। 

images
images
images

अघिल्लो वर्ष कोरोना भाइरसका कारण सार्वजनिक बसको टिकट बुकिङ खुलेको थिएन। यो वर्ष भने महामारीको प्रभाव कम हुँदै गएकाले काठमाडौंलगायत सहरी क्षेत्रमा बस्दै आएका यात्रुलाई दसैँमा घर जान सहज होस् भनेर टिकट बुकिङ खोलिएको हो। 

images

नयाँ बसपार्क, कोटेश्वर, कलंकी, बल्खुलगायत यसअघि टिकट काटिँदै आएको स्थानबाट अग्रिम बुकिङ गर्न सकिने व्यवस्था गरिएको यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता डा लोकनाथ भुसालले बताए। ‘दसैँमा घर जानेहरुका लागि सहज होस् भनेर अग्रिम टिकट बुकिङ खुल्ला गरिएको हो,’ भुसालले भने, ‘अनलाइन टिकटको व्यवस्था गरेका कम्पनीको टिकट अनलाइनबाटै बुकिङ गर्न सकिने छ। नत्र भए भौतिक उपस्थितिमै टिकट बुक गर्नुपर्ने छ।’ 

images

पोखरा, लुम्बिनीलगायत गन्तव्यमा जाने बस कम्पनीहरुले अनलाइनबाटै टिकट बुकिङ गर्ने व्यवस्था गरेको उनले बताए। सबैलाई अनिवार्य अनलाइन बुकिङकै व्यवस्था नगरे पनि अनलाइन प्रणालीमा गएकाले गर्न सक्ने भुसालको भनाइ छ।

images
images

यता आइतबार बसेको विकास तथा प्रविधि समितिको बैठकले भने अनलाइबाट मात्र टिकट बुकिङ गर्ने व्यवस्था गर्न निर्देशन दिएको थियो। भौतिक रुपमा लामबद्ध भएर टिकट काट्ने व्यवस्था हटाइ अनलाइन प्रणालीबाट टिकट बुकिङको व्यवस्था गर्न समितिले निर्देशन दिएको हो। अनलाइनबाट टिकट खरिद गर्दा भाडादरमा केही छुट गर्न लगायतका कुराहरुको प्रभावकारी अनुगमन गर्न यातायात मन्त्रालयलाई निर्देशन दिइएको छ।  

bus.jpg

विभागले टिकट बुकिङको अनुगमनका लागि ट्राफिक प्रहरीलगायत सरोकारवालसँगको समन्वय गरेर अनुगमनसमेत गर्ने छ। यात्रुलाई सहजीकरण गर्न विभिन्न स्थानमा यात्रु सहायता कक्ष राख्ने तयारी गरेको छ। 

नयाँ बसपार्कलगायत स्थानमा टिकट बुकिङका लागि सोमबार यात्रुको ठूलो उपस्थिति हुनेछ। यसका लागि व्यवस्थित हुन यात्रुलाई आग्रह गर्दै सहजीकरणका लागि प्रहरी तथा यातायात व्यवसायीलाई आग्रह गरिएको विभागले जनाएको छ। 

विगतका वर्षहरुमै टिकट काउन्टरमा बस्ने कर्मचारीले ड्रेस तथा कार्ड लगाउनु पर्ने व्यवस्था भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए। ‘हामीले यातायात व्यवसायीहरुलाई कान्टरमा बस्ने कर्मचारीलाई अनिवार्य ड्रेस र कार्ड लगाउन भनेका छौं,’ सिटौलाले भने, ‘ड्रेस नलगाएका कर्मचारीसँग टिकट काट्दा ठगिने सम्भावना हुन्छ। यसमा यात्रुलाई सचेत हुन आग्रह गर्छु।’ 

विभिन्न स्थानमा यात्रु सहायता कक्ष राखिएको र त्यहाँ गन्तव्य अनुसार भाडा दरसमेत राखिएको छ। त्यो हेरेर टिकट काट्न समेत उनले आग्रह गरे। त्यस्तै सिटौलाले टिकट बुकिङ लिएका यात्रुहरुलाई आफू जाने गन्तव्य, मिति र सिट कन्फम गरेर मात्र फर्कन भनेका छन्। 

‘बुकिङ गरेर फर्कँदा नै आफू जान मिति, गन्तव्य र सिट निश्चित भयो भने पछि जानेदिन अप्ठेरो पर्न सक्छ,’ सिटौलाले भने। 

agrim booking.jpg

यातायात व्यवसायीले वर्षाका कारण बिग्रिएका सडक मर्मत गर्नुपर्ने, प्रदेश र स्थानीय स्तरमा समायोजन हुन बाँकी सवारीको भाडा समायोजन हुनुपर्ने लगायत माग समेत राखेका छन्। प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयमा भएको छलफलपछि सडकका खाल्डाखुल्डी पुर्न सरकारले निर्देशन दिने सहमति भएको थियो। 

सरकारले २ सय किलोमिटरभन्दा बढी दूरीमा चल्ने सवारीलाई लामोदूरीका सवारीको रुपमा वर्गीकरण गरेको छ। लामो दूरीका बसको अग्रिम टिकट बुकिङ असोज ११ देखि खुल्ने भएपनि छोटो दूरीमा भने असोज २१ गतेदेखि मात्र खुल्ने भएको छ। 

असोज २१ गतेदेखि दसैँ सुरु हुनेछ। घटस्थाना लागेपछि यात्रुको चाप बढ्ने छ भने फुलपातीको अघिल्लो दिन र फूलपातीको दिन सबैभन्दा धेरै यात्रुको चाप हुनेछ। 

images

प्रकाशित : आइतबार, असोज १० २०७८०१:०५
  • सम्बन्धित विषय:

  • # दसैँ अग्रिम टिकट बुकिङ
  • प्रतिक्रिया दिनुहोस