बिहीबार , वैशाख ४ गते २०८२    
बिहीबार , वैशाख ४ २०८२
images
images

निर्माणका सबै काम रोकिन सक्छ : महासंघ

images
सोमबार, असार ६ २०७९
images
निर्माणका सबै काम रोकिन सक्छ : महासंघ

अप्रत्याशित रुपमा निरन्तर भइरहेको मूल्यवृद्धिका कारण घर जमीन तथा अन्य जायजेथा धितोमा राखेर निर्माण व्यवसायमा संलग्न देशभरका हजारौं निर्माण व्यवसायीहरू, तीनका परिवार र तीनमा आश्रित लाखौं श्रमिकहरूको बिचल्ली हुने निश्चित रहेको महासंघले बताएको छ।

images
images

काठमाडाैं- नेपाल निर्माण व्यवसायी महासंघले मूल्य समायोजन निर्देशन जारी नगरेमा अतिआवश्यक निर्माणका कामसमेत राेक्ने चेतावनी दिएको छ। सरकारले मूल्यवृद्धिबाट परेको असरमा तत्काल राहत दिने गरी निर्देशिका जारी नगरेमा ‘कन्स्ट्रक्सन हालिडे’कै बीचमा आन्दोलनका कार्यक्रम सुरु गर्ने महासंघले जनाएको छ। 

images
images
images

गत ११ बैशाखदेखि निर्माण व्यवसायीले मूल्य बढेको भन्दै देशभर अतिआवश्यक र राष्ट्रिय गौरवका आयोजनाबाहेकमा काम रोकेका छन्। देशको समग्र अर्थतन्त्रका सूचकहरू नकारात्मक रहेको विषम अवस्थामा इन्धनमा पछिल्लो पटक गरिएको भारी मूल्यवृद्धिका कारण निर्माण सामग्रीहरूको समेत अत्याधिक मूल्यवृद्धि भइ निर्माण उद्योग नै ठप्प हुन लागेको महासंघले उल्लेख गरेको छ।

images
images

पेट्रोलमा प्रति लिटर २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँको वृद्धिले अत्यन्त रुग्ण अवस्थामा रहेको निर्माण उद्योग थप आक्रान्त भएको महासंघको विज्ञप्तिमा उल्लेख छ। ‘विगत केही महिनाको आँकडा हेर्ने हो भने इन्धनमा शतप्रतिशत मूल्यवृद्धि भएका कारण मुलुकभर सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरू एवम् अति जरुरीका निर्माण परियोजनाहरू पनि अब बन्द हुने स्थिति उत्पन्न भएको छ,’ महासंघले भनेको छ,‘ निरन्तर मूल्यवृद्धि भइरहेपनि सरकारले निर्माण व्यवसायीहरूलाई कुनै राहत दिन नसकेबाट समग्र निर्माण उद्योगको विकास प्रति नै सरकारको उदाशीनता पुष्टि भएको छ।’

images
images

अप्रत्याशित रुपमा निरन्तर भइरहेको मूल्यवृद्धिका कारण घर जमीन तथा अन्य जायजेथा धितोमा राखेर निर्माण व्यवसायमा संलग्न देशभरका हजारौं निर्माण व्यवसायीहरू, तीनका परिवार र तीनमा आश्रित लाखौं श्रमिकहरूको बिचल्ली हुने निश्चित रहेको महासंघले बताएको छ।

यसअघिकै मूल्यवृद्धिका कारण निर्माण उद्योगमा देखिएको विकराल समस्या समाधानका लागि सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम मूल्य समायोजन निर्देशिका जारी गर्ने विषयमा महासंघ र सरोकारवाला निकायबीच वार्ता भइरहेको समयमा हठात्‌ भएको मूल्यवृद्धिले महासंघ स्तब्ध बनेको जारी विज्ञप्तिमा उल्लेख छ।

पेट्रोलियम पदार्थमा लिइने कर कटौती नगरी तथा चुहावटको समस्या समाधान नगरेर केवल अन्तर्राष्ट्रिय मूल्यलाई देखाउँदै एकोहोरो रुपमा निर्माण व्यवसायीसहित तमाम उपभोक्ताको ढाड सेकिने गरी भइरहेको मूल्यवृद्धिले देशको समग्र विकासमा अत्यन्त नकरात्मक असर पर्ने महासंघको तर्क छ।

महासंघले बीमा निर्देशिका-२०७५ ले गरेको व्यवस्थाबाट पूर्वाधारको लागत वृद्धि भै बीमा कम्पनीलाई पोस्ने काम भएको पनि आरोप लगाएको छ। उक्त निर्देशिकामा ‘ट्यारिफ’लाई ‘ननट्यारिफ’ नगरेमा बिमा समितिविरुद्ध पुनः कडा आन्दोलनमा जान बाध्य हुने महासंघको चेतावनी छ।


प्रकाशित : सोमबार, असार ६ २०७९१४:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend