सोमबार, असोज ७ गते २०८१    
images
images

बढ्दो डलरको भाउले बढाउँदैछ ढुकुटीमा दबाब 

images
मंगलबार, असार ७ २०७९
images
images
बढ्दो डलरको भाउले बढाउँदैछ ढुकुटीमा दबाब 

नेपालमा सरकारले प्रयास जारी राखेपनि अहिलेसम्म कार्यान्वयन गर्न सकेको छैन। 

images
images

काठमाडौं- पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर भइरहेको छ। अमेरिकी डलर बलियो हुँदा नेपालको अर्थतन्त्रलाई लाभभन्दा धेरै हानी हुन्छ। 

images
images
images

आयातमा आधारित अर्थतन्त्र भएकाले गर्दा नेपालले प्राप्त गर्ने रेमिट्यान्सबाहेक अरु कुनै पनि लाभ नेपाली अर्थतन्त्रले लिँदैन। समग्रमा डलरको भाउ उच्च हुँदा सर्वसाधारणको दैनिकी नै महँगो हुन्छ। 

डलरको भाउ उच्च हुँदा जनताको दैनिकी मात्र होइन राज्यको ढुकुटी पनि दबाबमा पर्छ। 

डलरको भाउ उच्च हुँदा सबैभन्दा पहिला सरकारी ढुकुटीमा दबाब पर्ने भनेको ऋणको दायित्वले हो। निरन्तर घाटा बजेट बनाउँदै आएको नेपाल सरकारका लागि विदेशी विनिमयको दर बढ्दा दायित्व बढ्छ। 

images

विनिमय दर बढ्दा पछिल्लो पाँच वर्षमा तीन वर्ष नेपालको ऋण दायित्व थप भएको छ। आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख भएअनुसार नेपाल सरकारको ऋण दायित्वमा सबैभन्दा धेरै आर्थिक वर्ष २०७६/७७ मा धेरै भार थपिएको छ। सो वर्ष ७५ अर्ब ऋण दायित्व थप भएको थियो। 

२०७७/७८ मा पनि सात अर्ब ऋण दायित्व थप भएको थियो। 

सरकारले वैदेशिक ऋण फरक फरक मुद्रामा लिने भएकोले ती मुद्राको विनिमय दरमा हुने परिवर्तनले वैदेशिक ऋण दायित्वमा पनि घटबढ हुन्छ। २०७६ असारमसान्तको तुलनामा २०७७ असारमसान्तमा विनिमय दर औसतमा ९.६९ प्रतिशतले बढेका कारण आर्थिक वर्ष २०७६/७७ मा  ७५ अर्ब २८ करोड बराबरको वैदेशिक विनिमय घाटा भएको थियो। आर्थिक वर्ष २०७७/७८ मा यस्तो घाटा रू.७ अर्ब ४३ करोड रहेको थियो। 

डलरको भाउ बढ्दै जाँदा अतिरिक्त ऋण दायित्व थप हुने गरेको छ। सरकारी तथा निजी ऋणमा हुने विनिमय घाटाको जोखिम न्यूनीकरणका लागि अरु देशमा हेजिङ कोषको व्यवस्था हुन्छ। नेपालमा व्यवसायीहरुले वर्षौंदेखि हेजिङको माग गर्दै आएका छन्। 

नेपालमा सरकारले प्रयास जारी राखेपनि अहिलेसम्म कार्यान्वयन गर्न सकेको छैन। 


प्रकाशित : मंगलबार, असार ७ २०७९००:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend