बिहीबार , वैशाख ४ गते २०८२    
बिहीबार , वैशाख ४ २०८२
images
images

१ अर्ब ६७ करोड रुपैयाँको लगानीमा सडक विभागले ६ तले भवन बनाउने

images
मंगलबार, असार ७ २०७९
images
१ अर्ब ६७ करोड रुपैयाँको लगानीमा सडक विभागले ६ तले भवन बनाउने
images
images

काठमाडौं- सडक विभागको केन्द्रीय कार्यालय रहने भवन काठमाडौं महानगरपालिका ३१ नम्बर वडा मिनभवनमा बन्ने भएको छ।

images
images
images

भवन निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन तयार भएको छ। वन तथा  वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार पार्दै सुझावका लागि सार्वजनिक गरेको छ।

images
images

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा शहरी विकास मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार पार्दे सुझावका लागि सार्वजनिक गरेको हो।

images
images

१३ हजार २ सय ९८ वर्गमिटरमा बेसमेन्ट, भुइँ तल्लासहित ६ तले भवन बन्ने छ। भवनको उचाइ २९.८७ मिटर रहने वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ। भवनमा यान्त्रिक महाशाखा, डिजाइन तथा अनुगमन महाशाखा, सम्भार महाशाखा, पुल महाशाखा, अनुसन्धान महाशाखा तथा अन्य महाशाखाहरू रहने गरी आधुनिक र सुविधा सम्पन्न भवन भने वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ।

भवनको बेसमेन्ट तल्ला २ हजार ३ सय ८७ वर्गमिटरको हुने छ। जहाँ गाडी पार्किङ, पानी टयांकी तथा लिफ्ट रहने छ। यसैगरी २ हजार ४ सय २  वर्ग  मिटरको भुइँ तल्लामा  पुस्तकालय, आँगन, सर्फेस पार्किङ, डे केयर केन्द्र, चमेना गृह र सम्मेलन केन्द्र रहने छ।

२ हजार ५ सय ४९ वर्ग मिटरको  पहिलो तल्लामा प्रशासनिक शाखा,आँगन, सभा हल र आयोजनाको कार्यालय रहने छ।

साथै दोस्रो तल्लामा डिजी कार्यकक्ष, योजना तथा अनुगमन शाखा, कानुन तथा विपद महाशाखा, आर्थिक प्रशासन महाशाखा र आयोजना कार्यालय रहने छ। तेस्रो तल्लामा डिजाइन तथा अनुगमन शाखा, सम्भार महाशाखा र आयोजना महाशाखा रहने छ। चौथो महाशाखामा पुल महाशाखा, विकास सहायत कार्यान्वयन शाखा र आयोजनका कार्यालयहरू रहने छ।

भवनको पाँचौ तल्लामा अनुसन्धान र विकास केन्द्र रहने छ भने छैठौं तल्लामा सभा हल रहने छ। भवन प्रकोप प्रतिरोध हुने र आरसीसी बिल्डिङको बन्ने छ। प्रत्येक तल्लामा ३५ वटा कोठा रहने छ। प्रत्यक तल्लामा  फाइर टयांक, फायर आलराम र फाइर फाइटिङ प्रणाली समेतका सुविधा जडान हुने छ।

भवनका २ वटा लिफ्ट रहने छ भने  अपाङता मैत्री संरचना निर्माण हुने वातावरणीय प्रभाव रिपोर्टमा उल्लेख छ। भवन निर्माणको अवधि २ वर्ष ६ महिनाको हुने छ। भवन निर्माणमा ८९ हजार ८ सय २५ बोरा सिमेन्ट, ३ हजार २ सय ९२ घनमिटर मोटो, ६ हजार ६ सय ५ घनमिटर गिट्टी, १ हजार २ सय ७३ मेट्रिक टन डण्डी र ७ लाख ६० हजार वटा इटा लाग्ने रिपोर्टमा उल्लेख छ।

यसरी निर्माण हुने भवनको कुल लागत १ अर्ब ६७ करोड ८९ लाख ५६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ।


प्रकाशित : मंगलबार, असार ७ २०७९०२:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend