शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

सम्भावित क्षति न्यूनीकरण गर्न सडक विभागको यस्तो छ तयारी

images
images
images
सम्भावित क्षति न्यूनीकरण गर्न सडक विभागको यस्तो छ तयारी
images
images

काठमाडौं- यो वर्ष नेपालमा गएका वर्षको तुलनामा धेरै पानी पर्ने पूर्वानुमान गएिको छ। औषतभन्दा धेरै पानी पर्ने भएपछि सडक, पुल लगायत संरचनामा क्षति बढ्ने सम्भावनाका कारण सडक विभागले पूर्वतयारी गरेको छ। 

images
images
images

गत वर्षको वर्षायाममा देशभर दर्जनौँ पुल तथा सयौँ सडक खण्डहरूमा क्षति पुगेको थियो। जसको निर्माण तथा मर्मत तीब्र गतिमा भइरहेको सडक विभागले जनाएको छ। गत वर्ष क्षति भएकामध्ये ६० प्रतिशत पुल निर्माण भइरहेको र बाँकी पनि निर्माणको अन्तिम चरणमा पुगेको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए। 

images

भत्किएका र बगेका सडकहरू समेत सबैजसो सञ्चालनमा आइसकेको उनले बताए। ‘गत वर्ष समस्या भएका सडकहरूको मर्मत गरेर सवारी आवागमन सहज भइसकेको छ,’ उनले भने, ‘पहिलेकै अवस्थामा आउन बाँकी भएपनि विभागले क्षमताले भ्याएसम्म काम गरिरहेको छ।’ 

images

सडक विभागले केन्द्रीय राजमार्गसहित मातहतका डिभिजन सडक कार्यालयको कार्य क्षेत्रमा पर्ने सडक तथा सबै पुल निर्माणको काम गर्दै आएको छ। गत वर्षको वर्षायाममा बर्दिवास नजिकै बुटवल नारायणगढ खण्डको घोडामा भत्किएको पुललगायत दर्जनौं ठाउँमा नयाँ पुल निर्माण गरिसकेको छ। गत वर्ष पानी कम भएलगत्तै सडक विभागले क्षति भएका सडक तथा पुल निर्माणको प्रक्रिया अघि बढाएको जनाएको छ। 

images
images

‘सुरुमा हामीले क्षतिको मूल्यांकनसँगै पुल भत्किएका ठाउँमा डाइभर्सन निर्माण गरेर आवागमन हसज बनायौँ,’ महानिर्देशक थापाले भने, ‘वर्षामा पुल बनाउन सम्भव नहुने भएकाले वैकल्पिक व्यवस्था गरेर पुल निर्माण सुरु गरेका थियौँ।’ भत्किएका वा क्षति भएका सडक पुल निर्माण सकेपनि अर्को स्थानमा पुनः क्षति हुने अवस्था रहेकाले त्यसतर्फ विभागले सजकता अउनाएको उनको भनाइ छ। 

बेसीसहर चामे सडक खण्डमा त्यस्तै समस्या आएको थापाले बताए। सुरुमा क्षति भएको स्थानमा मर्मत गरेर अस्थायी रुपमा आवागमन सहज भनाएपछि फेरि अर्को ठाउँमा क्षति भएकाले काम गर्न अप्ठेरो भएको उनको भनाइ छ। बझाङमा २ सय मिटर बाटो पूर्णरुपमा क्षति भएकोमा सडक विभागले निर्माण गरिसकेको छ। 

यो वर्ष पानी धेरै पर्ने पूर्वानुमान भएकाले सडक विभाग सम्भावित अवस्थाका लागि तयारी अवस्थामा रहेको महानिर्देशक थापाले बताए। विभागले यो सडक मर्मत तथा तत्कालिक व्यवस्थापनका दागि करिब १ सय वटा मेरिनरी उपकरण र सवा सय अन्य सवारीसाधनसहितका उपकरण तयारी अवस्थामा राखेको छ।

देशभरका सडक डिभिजन कार्यालय तथा हेवी इक्युपमेन्ट डिभिजनहरूमा रहेका मेसिनलाई तयारी अवस्थामा राखिएको थापाले जानकारी दिए। ‘नियमित काममा प्रभाव नपर्ने गरि सम्भावित जोखिमपछिको मर्मत तथा सडक व्यवस्थापनका लागि ती मेसिनरी उपकरणहरू तयारी अवस्थामा राखिएको हो,’ उनले भने। 

नौबिसे मुग्लिन सडक खण्डको स्तरोन्नती कार्य हुने भएकाले यो वर्षा सिजनमा अलि बढी समस्या आउन सक्ने अनुमान विभागले गरेको छ। उक्त सडकलाई स्ट्यान्डर्ड ४ लेनमा स्तरोन्नती गर्ने काम भइरहेको, २२/२३ वटा नयाँ पुल निर्माण गर्नेगरि ठेक्का लागि सकेको छ। 

यो बाटोमा अलिबढी समस्या आउने विभागले अनुमान गरेकाले त्यहीअनुसार उपकरण तथा जनशक्तिलाई तयारी अवस्थामा राखिएको थापाको भनाइ छ। यसका साथै देशभरका लागि विभागको जनशक्तिले भ्याएसम्म तयारी अवस्थामा राखिने विभागले जनाएको छ।  

images

प्रकाशित : मंगलबार, असार ७ २०७९०६:०४

प्रतिक्रिया दिनुहोस