मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

दोस्रो बजारबाट एनआईसी एसियाका लगानीकर्ता धमाधम बाहिरिँदै, एकवर्षमै लगानीकर्ताले गुमाए प्रतिकित्ता ४०० रुपैयाँ

मंगलबार, असार ७ २०७९
दोस्रो बजारबाट एनआईसी एसियाका लगानीकर्ता धमाधम बाहिरिँदै, एकवर्षमै लगानीकर्ताले गुमाए प्रतिकित्ता ४०० रुपैयाँ

काठमाडौं- एनआईसी एसिया बैंकले सेयरधनीलाई प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले अस्वीकृत गरेपछि लगातार घटिरहेको एनआईसीको सेयर मूल्य अहिले पनि रोकिएको छैन।

जसका कारण एनआईसी एसियाको दोस्रो बजारमा सेयर मूल्य एक वर्षयताकै सस्तो भएको छ। लगानीकर्ताले एक वर्षको अवधीमा प्रतिकित्ता ४१० रुपैयाँ गुमाइसकेका छन्। ५२ हप्ताअगाडि १०८५ सम्म पुगेको बैंकको सेयर मूल्य घटेर ६७४ रुपैयाँमा कारोबार भएको छ। सोमबार पनि प्रतिकित्ता ७.६० रुपैयाँले घटेर ६७४ रुपैयाँ कायम भएको छ।

बैंकले पुँजी कोष ८‍‍.५ प्रतिशत कायम गर्नुपर्ने थियो। तर एनआईसीले ऋणमा आक्रामक हुँदा उक्त कोष तोकेअनुसार हुन नसकेको भन्दै लाभांशमा रोक लगाएको थियो।

पुँजी कोष ११ प्रतिशत पुर्‍याउन प्राथमिक पुँजी र पूरक पुँजी आवश्यक रहने व्यवस्था रहेको छ। प्राथमिक पुँजी साढे ८ प्रतिशत पुग्नुपर्ने व्यवस्था रहेको छ। तर बैंक यसमा चुकेपछि राष्ट्र बैंकले अंकुश लगाएको थियो। एनआईसी एसियाले ब्याजदरदेखि ऋण उठाउन प्रयोग गर्ने हतकन्डासम्ममा आरोप लागेर विभिन्न पटक कारबाहीसमेत खेप्न परेको छ। 

nic.PNG

एनआईसी एसियाले ऋण लगानीमा तीब्रता दिएपछि पुँजी कोष साढे ८ प्रतिशत कायम गर्न सकेको छैन। सो प्रावधानअनुसार एनआईसी एसियाले लाभांश बाँड्न पाउने छैन। 

बैंकले यसवर्ष गत वर्षभन्दा थोरै लाभांश घोषणा गरेको थियो। गत वर्ष २० प्रतिशत लाभांश बाँडेको बैंकले ४१ प्रतिशतसम्म लाभांश वितरण गरेको इतिहास रहेको छ। बैंकको ११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ भने दोस्रो बजारमा पुँजीकरण भने ७७ अर्ब ९८ करोड रुपैयाँ रहेको छ। 

ग्लोबल आईएमई बैंक नाफा कमाउनेमा पहिलो बनेको छ। नबिल र एनआईसी एशिया बैंकलाई उछिनेर लगातार नाफा कमाउनेमा पहिलो बनेको हो। ग्लोबल बैंकको नाफा एनआईसीको भन्दा १२ करोड रुपैयाँ बढी नाफा छ। एनआईसी एशिया बैंकले ९ महिनामा ३ अर्ब ६० करोड नाफा कमाएको थियो। 

बैंकले चैत मसान्तसम्म ३ खर्ब २ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ७४ अर्ब कर्जा दिएको छ। बैंकको स्वपुँजीमा प्रतिफल २१.४६ प्रतिशत रहेको छ। बैंकले वार्षिक प्रतिसेयर आम्दानी ४१.९४ आर्जन गर्न सफल भएको छ। 


प्रकाशित : मंगलबार, असार ७ २०७९००:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend