बिहीबार , वैशाख २७ गते २०८१    
images
images

विद्युत नियमन आयोगले भन्यो – हाइड्रोको सेयर किन्दा यी १५ कुरामा ध्यान दिनुस्

images
बिजनेस न्युज
images
images
विद्युत नियमन आयोगले भन्यो – हाइड्रोको सेयर किन्दा यी १५ कुरामा ध्यान दिनुस्

जलविद्युत कम्पनीहरूको दोस्रो बजारमा सेयर खरिद गर्दा लगानी कर्ता ठगिन थालेको भन्दै विद्युत नियमन आयोगले लगानी कर्ताहरूलाई १५ सुझाव दिएको छ।

images
images

काठमाडौं- जलविद्युत कम्पनीहरूको दोस्रो बजारमा सेयर खरिद गर्दा लगानी कर्ता ठगिन थालेको भन्दै विद्युत नियमन आयोगले लगानी कर्ताहरूलाई १५ सुझाव दिएको छ।

images
images
images

‘आयोगले आइतबार सूचना जारी गर्दै सेयर लगानीकर्तालाई सचेत गराएको छ। धेरै गुनासो आएपछि लगानीकर्तालाई सचेत गराइएको हो,’ विद्युत नियगमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले भने।  

images

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विद्युतसम्बन्धी कम्पनीको सेयर मूल्यमा अस्वभाविक वृद्धि भएको भन्दै गुनासो आएपछि सूचना जारी गरिएको अध्यक्ष सिंहले बताए। ‘कुनै पनि विद्युतसम्बन्धी कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने सम्बन्धमा लगानीकर्ता स्वंयमले नै सम्बन्धित प्रवर्द्धक कम्पनी तथा आयोजनाको आधारभूत अवस्थाको अध्ययन गर्नु जरुरी छ’ सिंहले भने। 

images

नियमन आयोगले दिएका १५ सुझाव 

images
images

१‍‍‍. कम्पनीको नेट वर्ष चुक्ता पुँजी भन्दा कम भएको/नभएको

२. सेयरको बजार मूल्य र प्रति शेयर आम्दानीको अनुपात कम भएको/नभएको 

३. चालु सम्पत्ति र चालु दायित्वको अनुपात धेरै भएको/नभएको र तरलता अनुपात धेरै भएको/नभएको

४. विद्युत नियमन आयोग (नेपालको विद्युत क्षेत्रको नियामक निकाय)

५. निर्माणाधीन आयोजनाको हकमा कार्य प्रगति धेरै भएको नभएको

६. निर्माणाधीन आयोजनाको विद्युत प्रवाह गर्ने नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनको कार्य

७. प्रगति हेर्दा सो प्रसारण लाइन आयोजनाभन्दा ढिला सम्पन्न नहुने देखिएको नदेखिएको छ आयोजनाको कार्य प्रगतिको हिसाबले व्यापारिक उत्पादन गर्नु पर्ने मितिसम्म आयोजनाको

८. निर्माण हुनसक्ने नसक्ने

९. आयोजनाले बैंक तथा वित्तीय संस्थाको ऋणको किस्ता वा व्याज समयमा तिरिरहेको/नरहेको

१०. आयोजनाको संचित मुनाफा अधिक रहेको / नरहेको

११. विगतमा कम्पनीले उचित लाभांश वितरण गर्ने गरेको नगरेको ट. कम्पनीको व्यवस्थापनसँग विद्युत क्षेत्रको राम्रो अनुभव भएको/नभएको

१२. आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेको / नगरिरहेको ड. कम्पनीको लेखा परिक्षण प्रतिवेदनमा लेखा परीक्षकको नोटमा लेखिएको बुँदाहरू

१३. आयोजनाको प्रति मेगाबाद लागत अन्य कम्पनीका आयोजनासँग तुलनीय रहेको/नरहेको

१४. ऋण तथा स्वपुँजीको अनुपात

१५. कम्पनीले लिएको ऋणको व्याज दर उच्च रहेको/नरहेको 

images

प्रकाशित : ११:५६
प्रतिक्रिया दिनुहोस