आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका टावरको अध्ययन गर्न समिति बनाउने निर्णय

images
सोमबार, असार ६ २०७९
images
images
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका टावरको अध्ययन गर्न समिति बनाउने निर्णय

समितिमा हवाइ सुरक्षा प्राविधिकहरु हुने भएपनि कोको छन् भनेर अहिलेसम्म नखुलेको उनले जानकारी दिए। 

images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरिपरिका अग्ला टावरको अध्ययन हुने भएको छ। 

images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षामा असर पार्नसक्ने सम्भावनाका बारेमा अध्ययन गर्न प्राधिकरणले अध्ययन कार्यदल बनाउने निर्णय गरेको छ। 

images
images

प्राधिकरणले विमानस्थल क्षेत्रको आसपासमा रहेका अग्ला भवन तथा टावरले उडान सुरक्षामा असर गरेका छन् कि छैनन् भनेर अध्ययन गर्न निर्णय भएको विमानस्थल कार्यालय प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए। 

images
images
images

समितिमा हवाइ सुरक्षा प्राविधिकहरु हुने भएपनि कोको छन् भनेर अहिलेसम्म नखुलेको उनले जानकारी दिए। 

'विमानस्थल वरिपरीका घरले उडानमा अवरोध गर्छन् कि गर्दैनन् भनेर अध्ययन गर्ने गरी समिति बनाउने निर्णय भएको छ। समितिको गठन आज हुन्छ होला' ठाकुरले भने। 

 


प्रकाशित : सोमबार, असार ६ २०७९०५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend