सोमबार, असोज ७ गते २०८१    
images
images

मध्यरातमा पेट्रोलमा प्रतिलिटर २१ र डिजेलमा २७ रुपैयाँले मूल्य बढाइयो

images
आइतबार, असार ५ २०७९
images
images
मध्यरातमा पेट्रोलमा प्रतिलिटर २१ र डिजेलमा २७ रुपैयाँले मूल्य बढाइयो

नेपाल आयल निगमले एक लिटरमै पेट्रोलको २१ रुपैयाँले र डिजेल तथा मट्टितेल २७ रुपैयाँले बढाएको छ। असार ५ गते राती १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढेको विज्ञप्तिमार्फत जनाएको छ। 

images
images

काठमाडौं- नेपाल आयल निगमले एक लिटरमै पेट्रोलको २१ रुपैयाँले र डिजेल तथा मट्टितेल २७ रुपैयाँले बढाएको छ।

images
images
images

असार ५ गते राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढेको विज्ञप्तिमार्फत जनाएको छ। 

यो मूल्यवृद्धि सँगै अब पेट्रोलको मूल्य एक लिटरकै १९९ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको पनि १९२ रुपैयाँ पुर्‍याएको छ। 

यसबाहेक हवाई इन्धन पनि आन्तरिकतर्फ लिटरमा १९ रुपैयाँले बढाएर १८५ रुपैयाँ पुर्‍याएको छ भने वाह्यतर्फ प्रतिकिलोलिटर एक सय अमेरिकी डलरले बढाएर १६४५ डलर पुर्‍याएको छ। एलपी ग्यासको मूल्य भने निगमले तत्काललाई यथावत राखेको छ। 

images




प्रकाशित : आइतबार, असार ५ २०७९१८:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend