शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

‘गैरकानूनी ढंगले वैदशिक रोजगारीमा गएका नागरिकको उद्धारका लागि आवश्यक संरचना तत्काल निर्माण गर्नु’

images
बिजनेस न्युज
images
‘गैरकानूनी ढंगले वैदशिक रोजगारीमा गएका नागरिकको उद्धारका लागि आवश्यक संरचना तत्काल निर्माण गर्नु’
images
images

काठमाडौं- गैरकानुनी ढंगले वैदशिक रोजगारमा गएका नागरिकको आपतकालीन उद्धारका लागि आवश्यक संरचना तत्काल निर्माण गर्न प्रतिनिधिसभाका सांसदहरुले सरकारसँग माग गरेका छन्।

images
images
images

देवेन्द्र पौडेल, विमलप्रसाद श्रीवास्तव लगायतका प्रतिनिधिसभाका सांसदहरुले गैरकानुनी ढंगले विदेश गई मृत भएका नेपाली नागरिकको परिवारलाई सम्बन्धित पक्षबाट क्षतिपूर्ति उपलब्ध गराउने काममा पनि केन्द्रित हुन सरकारलाई सचेत गराएका छन्।

images

आइतबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद पौडेलले गैर कानुनी ढंगले गएका तर विभिन्न देशमा वेपत्ता भएका नागरिकहरुको खोजी गरी पीडितलाई न्याय दिने गरी आवश्यक संयन्त्रको निर्माण गर्न सरकारसँग माग गरेका थिए।

images

उनले एक वर्ष वितिसक्दा पनि त्यस्ता नेपालीहरुको शव ल्याउने व्यवस्था समेत नहुने गरेको उल्लेख गर्दै त्यस्तो अवस्था आउन नदिन पनि सरकारले आवश्यक संयन्त्रको निर्माण गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे।

images
images

समितिका सभापति श्रीवास्तवले बैदेशिक रोजगारीको क्रममा मृत भएका नागरिकका पीडित परिवारलाई सम्बन्धित रोजगारदाताबाट क्षतिपूर्ति दिलाउने व्यवस्थालाई प्रभावकारी ढंगले अघि बढाउन सरकारलाई सचेत गराए। उनले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन समितिले पनि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए।

यता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सरकारले अभिमूखिकरण कार्यक्रम समेत संचालन गरिरहेको समितिलाई जानकारी गराए। उनले भिजिट भिषामा गएका नेपालीहरुको भने आफ्नो मन्त्रालयसँग आवद्धता हुने व्यवस्था नभएकाले उनीहरुबारे जानकारी राख्न पनि समस्या भइरहेको बताए।
सचिव गौतमले सरकारले श्रम स्विकृति नलिई कुनै पनि नेपाली नागरिकलाई वैदेशिक रोजगारी पठाउने नगरेको स्पष्ट पारे।

images

प्रकाशित : आइतबार, असोज १० २०७८११:४८
प्रतिक्रिया दिनुहोस