मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

बजेट लेखनमा अनधिकृत व्यक्तिको प्रवेश : कर्मचारीलाई दोष दिएर उम्कने दाउमा अर्थमन्त्री 

आइतबार, असार ५ २०७९
बजेट लेखनमा अनधिकृत व्यक्तिको प्रवेश : कर्मचारीलाई दोष दिएर उम्कने दाउमा अर्थमन्त्री 

कर्मचारीलाई तर्साउनेगरी उनले अभिव्यक्ति दिन थालेका छन्। अर्थमन्त्री शर्माले आफू बजेटलाई अन्तिम रुप दिनु पहिले घर गएको र बाहिरको मान्छे कर्मचारीले नै ल्याएको हुनसक्ने बताउन थालेका छन्। 

काठमाडौं- आर्थिक वर्ष २०७९/८० बजेट तथा आर्थिक ऐनको तयारीका सन्दर्भमा अनधिकृत प्रवेशको विषय बाहिरिएपछि अर्थ मन्त्रालयले सार्वजनिक खण्डन गरेको छ। 

अन्नपूर्ण पोष्ट दैनिकले करका दर समावेश भएको आर्थिक विधेयक लेखनको अन्तिम समयमा अनधिकृत व्यक्तिको प्रवेश भएको विषयमा समाचार लेखेको थियो। सो समाचारपछि मन्त्री आफैले पनि संसदमा उभिएर खण्डन गरेका छन्। 

उनले आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। बाहिर प्रमाणित गर्न चुनौती दिएपनि भित्र भने उनी उम्किने ध्याउन्नमा छन्। 

कर्मचारीलाई तर्साउनेगरी उनले अभिव्यक्ति दिन थालेका छन्। अर्थमन्त्री शर्माले आफू बजेटलाई अन्तिम रुप दिनु पहिले घर गएको र बाहिरको मान्छे कर्मचारीले नै ल्याएको हुनसक्ने बताउन थालेका छन्। दुई सचिव र दुई सहसचिवलाई लक्षित गर्दै त्यहाँ आएका भनिएका व्यक्तिलाई आफूले नचिनेको बरु कर्मचारीले नै ल्याएको हुनसक्ने बताउन थालेका छन्। 

‘उहाँले अहिले आफू उम्किने प्रयास गर्नुभएको छ। सायद आफ्नो पार्टीको नेतृत्व तथा नेतालाई त्यही रिपोर्टिङ गर्नुभएको होला’ अर्थसम्बद्ध अधिकारीले भने। 

बजेट लेखनको सिलसिलामा अनधिकृत मान्छेलाई शर्मा आफैले बोलाएर प्रवेश गराएका थिए। व्यापारिक तथा बिचौलियाको स्वार्थअनुसार करका दरमा हेरफेर गरिएको थियो। यो विषय बाहिरिएपछि शर्मामाथि गम्भीर नैतिक प्रश्न उठेको छ। 

प्रश्नको जवाफ दिनुको साटो उनी अहिले कर्मचारीमाथि दोष थोपर्ने दाउमा छन्। ‘उहाँ अहिले कर्मचारीहरूले नै बाहिरको मान्छे छिराएको हुनसक्ने भन्न थाल्नुभएको छ। यसले गर्दा अर्थमा कुनै पनि कर्मचारीले सुरक्षित महसुस गरेका छैनन्’ स्रोतले भन्यो। 


प्रकाशित : आइतबार, असार ५ २०७९०८:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend