मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

पुनर्बीमा कम्पनीको सेयरधनीलाई लाभांश घोषणा

आइतबार, असार ५ २०७९
पुनर्बीमा कम्पनीको सेयरधनीलाई लाभांश घोषणा

काठमाडौं-नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ। कम्पनीको असार ५ गते बसेको सञ्चालक समितिको बैठकले ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद गरी कूल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। 

nric.jpg


प्रकाशित : आइतबार, असार ५ २०७९०६:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend