शुक्रबार, चैत १६ गते २०८०    
images
images

टेस्ला र भारत : आउनै पर्ने, नल्याइ नहुने  

अडान भने दुवैले नछोड्ने

images
images
टेस्ला र भारत : आउनै पर्ने, नल्याइ नहुने  

टेस्लाले भारतलाई गलाउँछ वा भारतले टस्लालाई गलाउँछ यात टेस्लाको भारत यात्रा तत्काललाई पूर्णबिराम लागेर भारतीयको टेस्ला चढ्ने चाहना केही समयलाई अधुरै रहन्छ, त्यो भने समयले बताउने छ। 

images
images

काठमाडौं- भारत विश्वको छैटौं ठूलो अटोमोबाइल बजार हो। सबैजसो अटोमोबाइल कम्पनीहरु भारतमा सवारी उत्पादन/एसेम्बल गर्ने गरि आएका छन्। केही सीमित कम्पनीहरुले मात्र आयात गरि सवारी बिक्री गरिरहेका छन्। 

images
images
images

धेरै हिसाबले भारत उदीयमान बजार हो। त्यहाँ मध्यवर्गीय जनसंख्या उल्लेख्य रुपमा बढ्दै गएको छ। त्यसैले संसारभरका अटोमोबाइल उत्पादकहरुको ध्यान भारतमा केन्द्रित भएको छ। चिनियाँदेखि यूरोपेली तथा एसियन कार उत्पादकहरु भारतमा प्लान्ट स्थापनाका लागि अर्बौं डलर लगानी गरिसकेका छन् र गर्दै पनि छन्। 

images

तर परम्परागत अमेरिकी कार उत्पादकहरुलाई भने भारत फापेन वा अमेरिकी कार उतपादकले सोचेजस्तो प्रगति हासिल भएन। त्यसैले २०१७ मा जनरल मोटर (जीएम)ले र २०२१ मा फोर्डले भारत छाडेर गए। उनीहरुले भारतमा अर्बौं डलर लगानी गरेर दुई/दुई वटा प्लान्ट स्थापना गरेर कार उत्पादन गर्दै आएका थिए। 

images
images

अमेरिकाको विद्युतीय कार उत्पादक कम्पनी टेस्ला भने जसरी पनि भारत आउन चाहन्छ। त्यसैले टेस्लाले करिब ३ वर्षअघि भारतको बैंलोरमा कम्पनीले दर्ता गरिसकेको छ। विश्वभरका सडकमा टेस्लाका विद्युतीय कार कुदाउने चाहना कम्पनीका संस्थापक तथा सीईओ एलन मस्कलाई छ। त्यसैले अमेरिकासँगै विभिन्न देशमा टेस्लाका प्लान्टहरु खुल्नेक्रम बढेको छ। अमेरिका पछि टेस्लाको दोस्रो र अमेरिका बाहिर पहिलो टेस्ला गिगा चीनको सांघाईमा खुलेको हो। त्यसपछि टेस्लाले जर्मनी र अमेरिकामै दोस्रो प्लान्ट स्थापना गरिसकेको छ। 

चिनियाँ बजारलाई केन्द्रित गरेर सांघाईमा टेस्लाको प्लान्ट स्थापना गरेका मस्क एसियाली बजारमा कार बिक्री गर्न अर्को प्लान्ट स्थापना गर्न चाहिरहेका छन्। त्यसका लागि उनले भारतलाई उपयुक्त मुलुक मानेका थिए, आन्तरिक बजार र निर्यात सहजताका कारण। 

तर मस्कको चाहनामा भारत सहज बनिदिएन। भारत आउन मस्क पहिलो तयारी कारको कर घटोस् भन्ने चाहन्छन् भने भारत पहिले कार उत्पादन गर्ने योजना लिएर आओस् भन्ने चाहन्छ। भारतमा हाल तयारी कार आयात गर्दा १ सय प्रतिशतसम्म कर लाग्ने व्यवस्था रहेको छ। यो व्यवस्था ४० हजार डलरसम्मका कार आयात गर्दा लागु हुन्छ। 

मस्क भने पहिले भारतमा कार लगेर बिक्री गर्ने, त्यसमा उपभोक्ताको प्रतिक्रिया कस्तो पाइन्छ त्यही आधारमा प्लान्ट लगाउने वा नलगाउने निर्णय लिनेमा छन्। भारत भने सिधै कार उत्पादन प्लान्ट लिएर मात्र आउनु पर्ने सर्तमा अडिग छ। 

भारत सरकार भने ‘आत्मनिर्भर भारत’ योजनाभन्दा बाहिर गएर टेस्ला होस् वा अन्य कुनैपनि कम्पीलाई भित्र्याउने पक्षमा नहेको भारतेको केन्द्रीय ठूला उद्योग मन्त्री महेन्द्रनाथ पाण्डेले टीभी९ले गरेको द ग्लोबल समिटमा यस्तो बताएका छन्। ‘भारतमा टेस्ला र एलन मस्कलाई स्वागत छ। सरकारको योजनाअनुसार कार उत्पादनका लागि गर्नुपर्ने सहयोग गर्न हामी तयार छौं,’ पाण्डेलाई उदृत गर्दै इकोनोमिक टाइम्सले लेखेको छ, ‘तर हाल कायम रहेको कर घटाउने नीति भने सरकारले लिँदैन।’ 

मस्कको अडान पनि भारतकै जस्तो छ। उनीले पनि पटक पटक पहिले कार आयातमा लाग्ने कर घटाउनु पर्ने दोहो¥याउँदै आएका छन्। भारतको उक्त जिद्दिपूर्ण निर्णयले मस्कलाई भन्दा भारतलाई नै असर पर्न सक्छ। मस्क भने भारतले सहजीकरण नगरे विकल्पमा अन्य उपयुक्त मुलुकमा जाने सोच बनाएर छलफलमा लागि सकेका छन्। 

तथापी भारत उदीयमान बजार भएको र त्यहाँ धनाढ्यहरुको संख्या बढ्दै भएकाले भारतमै प्लान्ट स्थापना गर्ने टेस्ला सीईओ मस्कको चाहना मरिसकेका भने देखिँदैन। पटक पटक ट्वीट वा अन्य माध्यमबाट भारत आउने चाहना व्यक्त गरिनै रहेको कुरामाट पुष्टि हुन्छ। 

भारत पनि मस्क नआउन् नै भन्ने त चाहँदैन। आफ्नो अडानमा टेस्ला नै लचिलो होस् भनेर भारतले गलाउन चाहेको पनि हुन सक्छ। भारत सरकारले टेस्ला सीईओ मस्कको लुकामारी जारी नै छ। टेस्लाले भारतलाई गलाउँछ वा भारतले टस्लालाई गलाउँछ यात टेस्लाको भारत यात्रा तत्काललाई पूर्णबिराम लागेर भारतीयको टेस्ला चढ्ने चाहना केही समयलाई अधुरै रहन्छ, त्यो भने समयले बताउने छ। 

images

प्रकाशित : आइतबार, असार ५ २०७९०४:१५

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ