काठमाडौं- पछिल्लो पटकको बुलिस ट्रेण्डमा सर्टटम ट्रेडिङ गरेर सबैभन्दा धेरै कमाउने हाइड्रोबाटै देखिएका थिए। जुन कमाइ दीर्घकालीन थिएन। दीर्घकालीन लगानी गर्नेहरूका लागि हाइड्रो कम्पनी अझै भरपर्दो हुन सकेको छैन।
ठूला खेलाडीहरूले होल्ड गर्ने र बिक्री गरेर बाहिरिने गर्दा साना लगानीकर्ता फस्ने हुँदै आएका छन्। बैंक, लघुवित्त, फाइनान्सहरूले राम्रो बोनस दिने भएकाले सेयर बजार घट्दासमेत खासै ठूलो घाटा हुँदैन। तर हाइड्रो कम्पनीहरूले वर्षौंदेखि लाभांश दिएका छैनन्। जसका कारण महँगो मूल्यमा किन्नेहरू फस्ने गर्दछन्।
हाइड्रोपावर कम्पनीहरू आगामी दिनमा राम्रो हुनसक्छन्, अहिलै नै छोटो समयमा लगानी गरेर बाहिरिनेहरूले केही कमाएका पनि छन्। तर लामो समय होल्ड गरेर राख्दा हाइड्रोपावरमा कमाउन सकेका छैनन्। छोटो समयका ट्रेडरहरूले अरुको कुरा सुनेर लगानीगर्दा धेरै लगानीकर्ता डुबेका समेत छन्। हाइड्रो पावर कम्पनीहरूमा केही नगन्य कम्पनीले मात्रै लाभांश दिएका छन्। सोही कारण पनि हाइड्रो कम्पनीको सेयर किनेर राख्नु भनेको मुर्खता हुने विश्लेषकहरू बताउँछन्।
हरेक कम्पनीको सेयर खरिद गर्नुभन्दा अगाडि रिटर्न एण्ड इक्वीटी, प्रतिसेयर आम्दानी, बुक भ्यालु, पीई रेसियो र सेयर एकवर्षको सेयर मूल्य हेरेर मात्रै खरिद गर्दा राम्रो हुनेछ। सोही कारण यी १० हाइड्रो पावर कम्पनीहरूको प्राविधिक विश्लेषन गर्दा दीर्घकालीन लगानी हानिकारक देखिन्छ।
न्यादी हाइड्रोपावर
लगानीकर्तालाई रिटर्न एण्ड इक्वीटी माइनस १.७७ प्रतिशत रहेको छ। कम्पनीको साधारण सेयर २७ प्रतिशत मात्रै वितरण गरेको थियो। भने संस्थापकहरूसँग ७३ प्रतिशत सेयर रहेको छ। थोरै सेयर आईपीओमा गएकोले जुनसुकैवेला खोलोफड्को गरेर जनतालाई फसाउन सक्नेछन्। पीई रेसियो पनि माइनस १८३ रहेको छ भने ईपिएस माइनस १.६३ रहेको छ।
यसले के देखाउँछ भने अझै लामो समय कम्पनीले लाभांशको रुपमा सेयरधनीलाई रिटर्न दिन सक्ने छैन। कम्पनीको सेयर मूल्य ५५० सम्म पुगेको थियो। अहिले घटेर २९८ रुपैयाँमा आइपुगेको छ। आईपीओको मूल्यभन्दा पनि कममा बुक भ्यालु आइपुगेको छ।
एनएचपीसी
नेशनल हाइड्रो पावर कम्पनीको पनि बजारमा धेरै हल्ला गरिन्छ। साना लगानीकर्ताहरूलाई पटक पटक फसाउने काम भइरहेको छ। कम्पनीको पनि संस्थापक सेयरहरूको हातमा ८० र आईपीओ २० प्रतिशत रहेको छ। यसले पनि बर्चस्व संस्थापकहरूको नै देखाउँछ। कम्पनीको प्रतिसेयर आम्दानी ईपिएस २.६० रुपैयाँमात्रै रहेको छ।
पीई रेसियो पनि २.३६ रहेको छ भने रिटर्न एण्ड इक्वीटी १.२३ प्रतिशतमात्रै रहेको छ। यस कम्पनीको पनि लगानीकर्ताहरूले ४९८ रुपैयाँसम्ममा खरिद गरेका थिए। अहिले घटेर २४१ रुपैयाँमा आइपुगेको छ।
दिव्यश्वरी हाइड्रोपावर
दिव्यश्वरी हाइड्रोपावर पनि लगानीकर्ताका लागि कुनै पनि लाभांश दिन नसक्नेहरूको सूचीमै रहेको छ। कम्पनीको रिटर्न एण्ड इक्वीटी माइनस ४०.६६ प्रतिशत रहेको छ।
यता उच्च मूल्य ५६४ रुपैयाँसम्म खरिद गरेका लगानीकर्ताको कमाई हेर्ने हो भने प्रतिसेयर आम्दानी माइनस ५.९२ रुपैयाँ रहेको छ। यता पीई रेसियो पनि माइनस २३.५५ रहेको छ। अहिले कम्पनीको सेयर मूल्य घटेर २१४ रुपैयाँमा आएको छ। यस्ता कम्पनीको सेयर खरिद विचार गर्नुपर्ने देखिन्छ।
युनाइटेड मोदी
युएमएचएल पनि सूचक अधिकांश खराव रहेको छ। कम्पनीको सूचकहरू माइनसमै रहेका छन्। रिटर्न एण्ड इक्वीटी ३.१६ प्रतिशत रहेको छ। कम्पनीको इपीएस ३.१६ रुपैयाँ रहेको छ भने पीइ रेसियो ६८.२१ रहेको छ। ६३० रुपैयाँसम्म खदिर गरेका लगानीकर्ताले गुमाउँदै अहिले प्रतिकित्ता २३१ रुपैयाँमा झरेको छ।
कम्पनीको संस्थापक सेयर लगानीकर्ताहरूले ७५ प्रतिशत होल्ड गरेका छन्। भने जनतालाई २५ प्रतिशत मात्रै सेयर वितरण गरेका छन्।
घलेम्दी हाइड्रो
घलेम्दी हाइड्रोपावरको कम्पनीको सेयर मूल्य बढेर ५२१ रुपैयाँ पुगेकोमा अहिले घटेर २०४ रुपैयाँमा आइपुगेको छ। कम्पनीको अधिकांश सूचक खराब रहेको छ। जसका कारण महँगोमा किन्नेहरू अवश्य पनि फस्नेछन्। कम्पनीको रिटर्न एण्ड इक्वीटी माइनस ०.६२ प्रतिशत रहेको छ। ईपीएस माइनस २.५९ रुपैयाँ रहेको छ। भने पीई रेसियो माइनस ३३४ रुपैयाँ रहेको छ।
कम्पनीको पनि संस्थापकहरूसँग ७० प्रतिशत सेयर रहेको छ भने जनतासँग ३० प्रतिशत सेयर रहेको छ। कम्पनीको सूचक हेर्दा अझै पनि वर्षौंसम्म लगानीकर्तालाई लाभांश दिने देखिएको छैन।
मैलुङ खोला हाइड्रो
मैलुङ खोला हाइड्रो पावर कम्पनीले पनि भर्खरै आईपीओ जारी गरेको छ। कम्पनीको सूचक पनि आधिकांश खराब रहेका छन्। कम्पनीको पनि सेयर मूल्य ७२० रुपैयाँसम्म पुगेको थियो अहिले घटेर ४३० रुपैयाँमा आएको छ। कम्पनीको रर्टन एण्ड इक्वीटी ४.०९ प्रतिशत रहेको छ भने इपीएस ४.२६ रुपैयाँ मात्रै रहेको छ। पीई रेसियो १००.९९ मात्रै रहेको छ।
मध्य भोटेकोशी
मध्य भोटेकोशीको पनि अधिकांश सूचक नेगेटिभनै रहेका छन्। कम्पनीको पनि ४९६ रुपैयाँसम्म पुगेको सेयर मूल्य अहिले घटेर २३२ रुपैयाँमा आइपुगेको छ। कम्पनीको पनि रिटर्न एण्ड इक्वीटी माइनस ०.२६ प्रतिशत रहेको छ भने इपीएस माइनस ०.२५ रुपैयाँ रहेको छ। त्यस्तै पीई रेसियो ९३४ रहेको छ। बुक भ्यालु ९५ रुपैयाँ मात्रै रहेको छ। कम्पनीको पनि लगानीकर्तालाई फाइदा हुने छैन।
चिलिमे हाइड्रो पावर
चिलिमे हाइड्रो पावर पनि विगतमा राम्रो भएपनि अहिले भने खरावको सूचिमा पुगेको छ। अधिकांश सूचक नेगेटिभ रहेका छन्। कम्पनीको रिटर्न एण्ड इक्वीटी ७ प्रतिशत मात्रै रहेको छ। इपीएस १० रुपैयाँ रहेको छ। पीई रेसियो ३६.१३ रहेको छ। बुक भ्यालु १५०.३४ रुपैयाँ रहेको छ। कम्पनीको उच्च मूल्य ७४५ रुपैयाँसम्म पुगेको थियो। अहिले घटेर पुनः ३७९ रुपैयाँमा कारोबार भइरहेको छ।
अरुण भ्याली हाइड्रो
एएचपीसी कम्पनीको पनि सूचक राम्रो देखिँदैन। जसका कारण लगानीकर्तालाई लामो समयसम्म पनि लाभांश दिने क्षमता देखिँदैन। कम्पनीको पनि रिटर्न एण्ड इक्वीटी १.९१ प्रतिशत रहेको छ।
पीई रेसियो २०२.७६ रहेको छ ईपीएस ७.७१ रुपैयाँ मात्रै रहेको छ। कम्पनीका पनि उच्च मूल्यष् ७७५ रुपैयाँसम्म पुगेको थियो। भने अहिले घटेर ३७४ रुपैयाँमा आइपुगेको छ। कम्पनीको पनि संस्थापक ७० प्रतिशत रहेको छ। जनतालाई ३० प्रतिशत सेयर मात्रै दिएको थियो। कम्पनीको सूचक हेर्दा पनि अझै लामो समय लाभांश दिन सक्ने देखिँदैन।
युनिभर्सल पावर
युनिभर्सल पावर कम्पनीको पनि सूचक हेर्दा खराव देखिन्छ। कम्पनीको पनि रिटर्न एण्ड इक्वीटी ०.९३ प्रतिशत मात्रै रहेको छ। कम्पनीको इपीएस ०.२४ रुपैयाँ रहेको छ। पीई रेसियो २२४.१४ रहेको छ। कम्पनीको पनि संस्थापक सेयरहरूसँग ५४ प्रतिशत रहेको छ। जनतासँग ५४ प्रतिशत रहेको छ। कम्पनीको पनि सेयर मूल्य बढ्दा ६१० रुपैयाँ रहेको थियो।
भने घटेर २२३ रुपैयाँमा आइपुगेको छ। यो कम्पनीको पनि छोटो समयका लागि ट्रेडिङ गर्नेहरूका लागि मात्रै उपयुक्त देखिन्छ। दीर्घकालीन लगानी गर्नेहरूका लागि लाभांश दिन सक्ने अवस्था यो कम्पनीको पनि देखिँदैन।