आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

बिजनेस न्युजको प्रधान सम्पादकमा जनार्दन बराल

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १० २०७९
images
images
बिजनेस न्युजको प्रधान सम्पादकमा जनार्दन बराल

बराल आर्थिक पत्रकार तथा सम्पादकहरूको प्रतिनिधिमूलक संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्षसमेत हुन्।

images
images

काठमाडौं- 'बिजनेस न्युज'को प्रधान सम्पादकमा जनार्दन बराल नियुक्त भएका छन्। विगत डेढ दशकभन्दा लामो समयदेखि आर्थिक पत्रकारितामा सक्रिय बराल असार १० गतेदेखि बिजनेस न्युजको प्रधान सम्पादकमा नियुक्त भएका हुन्। बराल यसअघि नयाँ पत्रिका दैनिकमा आर्थिक ब्यूरो प्रमुख थिए। 

images
images

बराल आर्थिक पत्रकार तथा सम्पादकहरूको प्रतिनिधिमूलक संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्षसमेत हुन्। उनले आर्थिक अभियान दैनिकमा सहायक सम्पादकका रुपमा समेत काम गरिसकेका छन्। बरालले ‘नेपालको आर्थिक वृद्धिः एक मार्गचित्र’ पुस्तक र ‘अर्थनीति’ जर्नलको सम्पादन गरेका छन्। 

images
images

स्थापित बालसाहित्यकारसमेत रहेका बरालका अर्थशास्त्र र बालसाहित्यका २० पुस्तक प्रकाशित छन्। उनी नूरगंगा बालसाहित्य राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७२ बाट पुरस्कृत भएका थिए।

images
images
images

विकास अर्थशास्त्रमा स्नातकोत्तर साथै कर्पोरेट तथा कर कानूनमा स्नातक गरेका बराल विश्व तथा राष्ट्रिय अर्थतन्त्र, माैद्रिक तथा वित्त नीतिलगायत विषयमा दख्खल राख्छन्।

'मिडिया क्षेत्रकाे परिदृष्य बदलिँदाे छ। यसको नयाँ आयाममा बिजनेस पत्रकारितामार्फत अर्थतन्त्रका तीन पक्षहरू आर्थिक नीति निर्माता, निजी क्षेत्र र उपभोक्ताका मुद्दामा आवश्यक र रुचीकर सामग्री प्रस्तुत गर्नेछौँ' बिजनेस न्युजमा आबद्ध भएसँगै बरालले भने। 


प्रकाशित : शुक्रबार, असार १० २०७९१३:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend