काठमाडौं-साताको पहिलो दिनमै सेयर बजारमा पहिरो गएकोछ। सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। नेप्से सूचक ६१.२७ अंकले घटेर २७५८.४८ बिन्दुमा आइपुगेको छ।
आइबार ६ अर्ब ५० करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ। आइतबार १ सय ८६ कम्पनीका १ करोड ४४ लाख ९४ हजार २ सय ६० कित्ता सेयर खरिद बिक्री भएका छ्न। जम्मा ८ वटा कम्पनीको मू्ल्य बढेको थियो भने २ वटाको स्थिर रहेको हो।