शुक्रबार, चैत १६ गते २०८०    
images
images

एनआईसी एसियाको ठगी! : 'नक्कली हस्ताक्षर गरेर १ करोड ८५ लाख पच भयो'

बैंक भन्छ - बैंकिङ नियमअनुसार नै गरेका हौँ

images
images
एनआईसी एसियाको ठगी! : 'नक्कली हस्ताक्षर गरेर १ करोड ८५ लाख पच भयो'

एनआईसीको बर्दिवासस्थित प्रदेश कार्यालय, जनकपुरधामस्थित शाखा कार्यालयमा समेत जानकारी गराए पनि सुनुवाइ नभएपछि गएको चैतमा नेपाल राष्ट्र बैंकमा उजुरी दिएको साफिले जानकारी दिए। 

images
images

काठमाडौं- धनुषाको लक्ष्मिनिया-७ सिनुरजोडा स्थायी ठेगाना भएका हसन साफी व्यापार व्यवसाय गर्छन्। जनकपुर उपमहानगरको जिरोमाइलमा एउटा रिटेल मार्ट सञ्चालन गर्ने उनको बैंकिङ कारोबार बाक्लै हुन्छ। व्यापारको क्रममा वर्षौंदेखि कारोबार गर्दै आएका साफीले गएको एक वर्षदेखि बैंकिङ कारोबारभित्रै समस्या भोगिरहेका छन्। 

images
images
images

जनकपुरमा व्यापार गर्दा साफीको बैंकिङ कारोबारको गन्तव्य बन्यो एनआईसी एसिया बैंक। पछिल्लो समय ऋण लिने तथा निक्षेप गर्ने उनको बैंक त्यही थियो। त्यही क्रममा करिब १८ महिना पहिले उनले त्यहाँबाट ऋण लिए। 

images

साफीले एनआईसीबाट १ करोड ८५ लाख रुपैयाँ ऋण लिएका थिए। नमुना डिपार्टमेन्ट स्टोरको नामबाट १ करोड ३५ लाख र आफ्नो नामबाट ३५ लाख ऋण उनले लिएका थिए। व्यापार बढ्दै जाँदा उनलाई थप ऋण चाहियो।

images
images

थप ऋणका लागि उनले सुरुमा एनआईसी एसिया बैंकमै आग्रह गरे। तर बैंकले थप ऋण दिन मानेन। त्यसपछि उनी थप ऋणका लागि अर्को बैंकमा गए। त्यो बैंक उनलाई मागेजति ऋण दिन तयार भयो। अर्को बैंकबाट आफूलाई चाहिएजति ऋण पाउने भएपछि साफीले एनआईसी एसिया बैंकको ऋण चुक्ता गर्ने सोच बनाए। यो ऋण चुक्ता गर्नका लागि उनले एकजना व्यक्तिबाट सापटी लिने चाँजोपाँजो मिलाए। सोहीअनुसार उनले पैसा पाउने भए। 

उनलाई सापटी दिने व्यक्तिले एभरेष्ट बैंकबाट साफीको एनआइसी एसिया बैंकको खातामा पैसा पठाइदिए। २०७८ बैशाख १४ गते ५० लाख र त्यसलगत्तै १ करोड ३५ लाख रुपैयाँ उनको खातामा गयो। 

statement.jpg
उनको खातामा आएको र गएको देखिएको केही रकम।

पहिलो ५० लाख रुपैयाँ आएपछि साफीको खातामा पैसा जम्मा भएको म्यासेज पाएका थिए। पछिल्लो १ करोड ३५ लाख पाएपछि पनि उनको मोबाइलमा म्यासेज आयो। तर त्यो पैसा डिपोजिट भएको म्यासेज धेरै टिकेन। पाँच मिनेटमै उनको खाताबाट पैसा गयो। त्यसरी पैसा गएको म्यासेज साफीले पाए। तर यसरी पैसा अरुलाई दिनेगरी कुनै पनि कारोबार उनले नगरेको दाबी गरेका छन्। यदि कतैबाट दाबी आएपनि खाता होल्ड गरिदिनका लागि आफूले पूर्वजानकारी दिएको उनको भनाइ छ। 

'मैले कसैलाई पनि पैसा भुक्तानी नदिनका लागि म्यानेजरलाई खबर गरेको थिएँ। ऋण भुक्तानी गर्दैछु भनेर खाताबाट कारोबार होल्ड गरिदिनका लागि पूर्वजानकारी पनि गराएको थिएँ' साफीले भनेका छन्। 

तर यसका बाबजुद साफीको खाताबाट पैसा अर्कै खातामा गयो। पञ्चमुखी आइरन स्टोर र रमेश मण्डलको खातामा यो रकम ट्रान्सफर भएको देखिन्छ। यो कम्पनी र व्यक्तिसँग आफ्नो कुनै पनि कारोबार नरहेको उनको भनाइ छ। तर बैंकका तत्कालीन म्यानेजर शेखरकुमार झा र अपरेशन म्यानेजर रामनरेश पण्डितको मिलेमतोमा यस्तो ट्रान्सफर भएको साफीको आरोप छ। 

shekhar jhaa.jpg
एनआईसी एसिया बैंक जनकपुरधाम शाखाका तत्कालीन म्यानेजर शेखरकुमार झा।

एनआईसी एशिया बैंकमा साफीको नाममा रहेको व्यक्तिगत खाता नम्बर ३१ ०२ बाट ५० लाख २० हजार र उनको व्यावसायिक प्रतिष्ठानको खाता नम्बर ३१६...०२ बाट १ करोड ३५ लाख रकम किर्ते हस्ताक्षर गरि रकमान्तर गरिएको उनले आरोप लगाएका छन्। 

दुवै खाताबाट एक दिन १४ बैशाख २०७८ मा (२७ अप्रील २०२१)मा २०५ मिनेटको अन्तरालमा रमेश मण्डलको नाम र ५० लाख २० हजार र श्री पञ्चमुखि आइरन स्टोरको नामको खातामा १ करोड ३५ लाख रकम गएको छ। तर यो रकम ट्रान्सफरमा आफ्नो कुनै पनि अनुमति नरहेको साफीले बताएका छन्। यसमा बैंकका म्यानेजरको सेटिङ भएको उनले आरोप लगाएका छन्। 

'म्यानेजरले मेरो चेकबुक बनाइदिने भन्दै स्ट्याम पनि लिएका थिए। यही कारणले उनको मेरो खाताको दुरुपयोग गरे,' साफिले भने, 'बैंकले १० लाख रुपैयाँ नै झिक्दा वा ट्रान्सफर गर्दा पनि खोजबिन गर्छ। तर मेरो त करोड बढी रकम तान्दासमेत कुनै पनि जानकारी पाइनँ। यो सब सेटिङमा भएको कुरा प्रष्ट हुन्छ।'  

व्यापार गर्दा पैसा अपुग भएरै थप ऋणको खोजीमा रहेका साफी भएकै पैसा डुबेपछि झन तनाबमा परेका छन्। उनले ऋणको जोहोभन्दा पनि डुबेको पैसा उठानतिर लागिरहेका छन्। यसबारेमा उनले बैंकको प्रदेश कार्यालयदेखि राष्ट्र बैंकसम्म जानकारी गराएका छन्।

एनआईसीको बर्दिवासस्थित प्रदेश कार्यालय, जनकपुरधाम स्थित शाखा कार्यालयमा समेत जानकारी गराएपनि सुनुवाइ नभएपछि गएको चैतमा नेपाल राष्ट्र बैंकमा उजुरी दिएको साफिले जानकारी दिए। 

यसबारेमा जिल्ला प्रहरी कार्यालय धनुषामा पनि उनले उजुरी दिएका छन्। जिल्ला प्रहरी कार्यालयले भने अभियुक्तमाथि छानबीन भइरहेको जानकारी दिएको छ। 

एनआईसी एसिया धनुषाधाम शाखाका तत्कालीन म्यानेजर शेखर झाले भने आफूले किर्ते गरेको नभइ साफीले दिएको चेकको भुक्तानी दिएको प्रष्टिकरण दिएका छन्। आधिकारीक निकायले गर्ने अनुसन्धानमा सहयोग गर्ने उनले प्रतिबद्धतता जनाएका छन्। झा अहिले भने एनआईसीमा आबद्ध छैनन्।

बैंक भन्छ - बैंकिङ नियमअनुसार नै गरेका हौँ

खातामा एउटाबाट अर्कोमा पठाएको होइन। उहाँले एनआईसी एसियाबाट ऋण लिनु भएको थियो। पछि थप ऋण मागेपछि बैंकले सक्दैन भनेको थियो। तर पछि उहाँले अन्तै पैसा खोजेर खातामा राख्नु भएको थियो। उहाँले नै चेकमा साइन गरेर दिनु भएको थियो। उहाँले खातामा पैसा राखेपछि सोही चेकबाट ऋण उता तानिएको हो। चेकमा किर्ते गरेको भन्ने विषयको आरोपसमेत लगाउनु भएको थियो। तर किर्ते पनि भएको छैन। उहाँले अर्को बैंकबाट ऋण लिन जाँदा त यताको चुक्ता गर्नुपर्ने हुन्छ। उहाँले चेक काटेर दिएको तर पछि उहाँले मेरो जानकारीबिना चेक साटिएको भन्ने आरोप लगाउनु भएको हो। बैंकको तर्फबाट कुनै पनि कमजोरी भएको देखिँदैन। (अर्जुन खनियाँ - प्रवक्ता एनआईसी एसिया बैंक) 

images

प्रकाशित : सोमबार, असार ६ २०७९०१:३८

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ