आइतबार, मंसिर ९ गते २०८१    
images
images

बोनस सेयरको आशमा टेलिकमका लगानीकर्ताले गुमाए प्रतिकित्ता ९०९ रुपैयाँ, अब बढ्ला कि घट्ला?

images
शनिबार, असार ४ २०७९
images
images
बोनस सेयरको आशमा टेलिकमका लगानीकर्ताले गुमाए प्रतिकित्ता ९०९ रुपैयाँ, अब बढ्ला कि घट्ला?
images
images

काठमाडौं- नेपाल टेलिकमको सेयर मूल्य महिनौँदेखि लगातार घटिरहेको छ। बिहीबार केही बढेको सेयर मूल्य शुक्रबार पुनः घटेको छ। नेपाल टेलिकमको सेयर मूल्य पछिल्लो दुईवर्षयताकै सस्तो भएको छ।

images
images
images

शुक्रबार पनि सेयरमूल्य प्रतिकित्ता ५ रुपैयाँ घटेर ८९० रुपैयाँ कायम भएको छ। पछिल्लो ५२ हप्तामा टेलिकमको सेयर मूल्य उच्चतम १७९९ रुपैयाँसम्म कारोबार भएको थियो। उच्च मूल्यबाट कम्पनीको सेयर मूल्य लगातार घट्दा लगानीकर्ताले प्रतिकित्ता ९०९ रुपैयाँ गुमाएका छन्। कम्पनीले बोनस सेयर दिने भन्दै उचालिएर महँगोमा सेयर किन्ने लगानीकर्ताहरुले प्रतिकित्ता ९०९ रुपैयाँ गुमाइसकेका छन्।  

images

लाभांशपछि टेलिकमको सेयर मूल्य घटिरहेको छ। बजेटपछि पनि टेलिकमको सेयर मूल्य घट्ने संकेत दिएको छ। सेयर मूल्य लगातार घटेपछि बजार पुँजीकरण १ खर्बले घटिसकेको छ। इतिहासमै पहिलो पटक २० प्रतिशत सेयर र २० प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरे पनि सेयर मूल्य घटेको थियो।

images
telicome.PNG

ठूला लगानीकर्ताले सूचना चुहाएर सेयर मूल्य बढाउने र लाभांश घोषणापछि बिक्री गरेर बाहिरिदिँदा सेयर मूल्य लगातार घटिरहेको आरोपसमेत लागेको थियो। कम्पनीको सूचना चुहाएर एक वर्षयताकै महँगो मूल्य १७९९ रूपैयाँसम्म सेयर मूल्य पुगेको आरोपसमेत लगाएका थिए। 

तेस्रो त्रैमासिक अवधि २०७८ चैत्र मसान्तमा ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार नाफा कमाएको टेलिकमले कमाएको छ। कम्पनीको चुक्ता पुँजी १७ अर्ब ९९ करोड रुपैयाँ रहेको छ। 

कम्पनीले १० वर्षयता ४० प्रतिशतभन्दा कम लाभांश दिएको छैन। सबैभन्दा धेरै आर्थिक वर्ष २०७३/७४ मा ५५ प्रतिशत लाभांश दिएको थियो। बजार पुँजीकरण १ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ। केही समय अगाडि कम्पनीको बजार पुँजीकरण २ खर्ब ५७ रुपैयाँ रहेको थियो।  


प्रकाशित : शनिबार, असार ४ २०७९०१:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend