सोमबार, असार १६ गते २०८२    
सोमबार, असार १६ २०८२
images
images

तीनपिप्ले बञ्चरेडाँडा सडक मर्मतको ठेक्का समानान्तरले पाउने  

images
शुक्रबार, असार ३ २०७९
images
images
तीनपिप्ले बञ्चरेडाँडा सडक मर्मतको ठेक्का समानान्तरले पाउने  

जेठ ११ गते भएको सूचनाका आधारमा भएको इबिडिङमा सहभागि विभिन्न कम्पनीहरुको प्रस्ताव मूल्यांकन गर्दा समानान्तर योग्य देखिएको मन्त्रालयले जनाएको छ। 

images
images

काठमाडौं- तीनपिप्लेदेखि बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटसम्मको सडक स्तरोन्नती तथा मर्मतको जिम्मा समानान्तर निर्माण सेवाले पाउने भएको छ।

images
images

जेठ ११ गते भएको सूचनाका आधारमा भएको इबिडिङमा सहभागि विभिन्न कम्पनीहरूको प्रस्ताव मूल्यांकन गर्दा समानान्तर योग्य देखिएको सहरी विकास मन्त्रालयले जनाएको छ। 

images
images

समानान्तरले उक्त बाटोको स्तरोन्नती तथा मर्मका लागि ८ करोड ९३ लाख १८ हजार ९ सय २६ रुपैयाँ २६ पैसा कबोल गरेको छ। यो रकम भ्याटबाहेक भएको मन्त्रालयले उल्लेख गरेको छ। 

images
images
images

मन्त्रिपरिषदले उक्त बाटोको बोलपत्र ३ दिनमा स्वीकृत गर्न सक्ने गरि निर्णय गरेको थियो। सोहीअनुसार सहरी विकास मन्त्रालयले शुक्रबार बोलपत्र स्वीकृतिका लागि सूचना जारी गरेको हो।


प्रकाशित : शुक्रबार, असार ३ २०७९०५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend