मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

सयपत्री हाइड्रोपावर आयोजना प्रभावितका लागि आईपीओ खुला

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ३ २०७९
सयपत्री हाइड्रोपावर आयोजना प्रभावितका लागि आईपीओ खुला

बागलुङ- सयपत्री हाइड्रोपावरले आयोजा प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा तीन करोड मूल्य बराबरको तीन लाख कित्ता प्राररम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को बिक्री खुला गरेको हो। आयोजना प्रभावित बागलुङको ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका बासिन्दाका लागि साधारण सेयरको बिक्री खुला गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका स्थानीय प्रतिनिधि जीवन बस्नेतले सेयर खरिदका लागि यही असार १६ गतेसम्म आवेदन दिन सकिने बताए। सो अवधिमा मागअनुसार आवेदन नपरे असार ३० गतेसम्मलाई म्याद थप हुनसक्ने उनको भनाइ छ। न्यूनतम १० देखि ३० हजार कित्तासम्म सेयर खरिदका लागि दरखास्त दिन सकिने कम्पनीले जनाएको छ। 

स्थानीयवासीले ग्लोबल आइएमई बैंकको बागलुङ शाखा, गलकोट शाखा, प्रभु बैंकको गलकोट शाखा र ताराखोला शाखाबाट सेयर खरिदका लागि आवदेन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दा भएको प्रमाणित गर्ने स्थानीय तहबाट जारी कागजातलाई अनिवार्य समावेश गरी दरखास्त बुझाउनुपर्ने जनाइएको छ। 

कम्पनीले ताराखोला गाउँपालिका-३ मा साढे दुई मेगावाटको ‘दरमखोला-ए जलविद्युत् आयोजना’ निर्माण गरेको छ। ५१ करोडको लागतमा बनेको उक्त आयोजनामा ७५ प्रतिशत लगानी गैरआवासीय नेपालीको छ। निजी क्षेत्र र स्थानीयवासीले पनि आयोजनामा लगानी गरेका छन्। रासस


प्रकाशित : शुक्रबार, असार ३ २०७९०५:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend