शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सयपत्री हाइड्रोपावर आयोजना प्रभावितका लागि आईपीओ खुला

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ३ २०७९
images
सयपत्री हाइड्रोपावर आयोजना प्रभावितका लागि आईपीओ खुला
images
images

बागलुङ- सयपत्री हाइड्रोपावरले आयोजा प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ।

images
images
images

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा तीन करोड मूल्य बराबरको तीन लाख कित्ता प्राररम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को बिक्री खुला गरेको हो। आयोजना प्रभावित बागलुङको ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका बासिन्दाका लागि साधारण सेयरको बिक्री खुला गरिएको कम्पनीले जनाएको छ।

images
images

कम्पनीका स्थानीय प्रतिनिधि जीवन बस्नेतले सेयर खरिदका लागि यही असार १६ गतेसम्म आवेदन दिन सकिने बताए। सो अवधिमा मागअनुसार आवेदन नपरे असार ३० गतेसम्मलाई म्याद थप हुनसक्ने उनको भनाइ छ। न्यूनतम १० देखि ३० हजार कित्तासम्म सेयर खरिदका लागि दरखास्त दिन सकिने कम्पनीले जनाएको छ। 

images
images

स्थानीयवासीले ग्लोबल आइएमई बैंकको बागलुङ शाखा, गलकोट शाखा, प्रभु बैंकको गलकोट शाखा र ताराखोला शाखाबाट सेयर खरिदका लागि आवदेन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दा भएको प्रमाणित गर्ने स्थानीय तहबाट जारी कागजातलाई अनिवार्य समावेश गरी दरखास्त बुझाउनुपर्ने जनाइएको छ। 

कम्पनीले ताराखोला गाउँपालिका-३ मा साढे दुई मेगावाटको ‘दरमखोला-ए जलविद्युत् आयोजना’ निर्माण गरेको छ। ५१ करोडको लागतमा बनेको उक्त आयोजनामा ७५ प्रतिशत लगानी गैरआवासीय नेपालीको छ। निजी क्षेत्र र स्थानीयवासीले पनि आयोजनामा लगानी गरेका छन्। रासस


प्रकाशित : शुक्रबार, असार ३ २०७९०५:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend