मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

लक्ष्मी र कुमारी बैंक पनि मर्जरको छलफलमा, कति होला स्वाप रेसियो?

शुक्रबार, असार ३ २०७९
लक्ष्मी र कुमारी बैंक पनि मर्जरको छलफलमा, कति होला स्वाप रेसियो?

काठमाडौं- लक्ष्मी र कुमारी बैंक पनि मर्जरमा जाने गरी छलफलमा जुटेका छन्। नेपाल राष्ट्र बैंकले मर्जर नीतिमा कडाइ गर्ने संकेतलाई मध्यनजर गर्दै कुमारी र लक्ष्मी बैंकबीच मर्जरमा जानेगरी छलफल गरेका हुन्।

केही दिनभित्रै मर्जर टुंगो लगाउनेगरी लक्ष्मी बैंक र कुमारी बैंकबीच मर्जरको छलफल चलेको हो। दुइबैंक मर्जरमा गएमा २६ अर्ब २६ करोड रुपैयाँ चुक्ता पुँजी पुग्ने छ।

नाम र स्वाप रेसियोमा छलफल भइरहेको छ। लक्ष्मी र कुमारी बैंकबीच सम्भवत १००ः१०० कै अनुपातमा मर्जरमा जाने गरी छलफल गरेका छन्। एकपछि अर्को बैंकले मर्जरको सम्झौता गरिरहेका बेला कुमारी र लक्ष्मी बैंक पनि मर्जरमा जान लागेका हुन्। 

लक्ष्मी बैंकको दोस्रो बजारमा सेयर मूल्य बिहीबार प्रतिकित्ता २०८ रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो ५२ हप्तामा ४४४ रुपैयाँसम्म कारोबार भएको बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। लक्ष्मी बैंकको बजार पुँजीकरण २४ अर्ब रुपैयाँ रहेको छ।  

यता कुमारी बैंकको पनि बिहीबार दोस्रो बजार २०३ रुपैयाँमा कारोबार भएको छ। बैंकको ५२ हप्तामा ४१३ रुपैयाँमा अधिकतम मूल्यमा कारोबार भएको थियो। बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। कुमारीको बजार पुँजीकरण २९ अर्ब ९९ करोड रुपैयाँ रहेको छ। 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई निर्देशन दिएका थिए। निर्देशनसँगै वाणिज्य बैंकहरू मर्जरमा जान विभिन्न छलफलहरू चलाइरहेका छन्। 

गभर्नर अधिकारीले मर्जरमा नजाने बैंकहरूलाई अब आउने मौद्रित नीतिमार्फत सुविधा कटौती गर्नेसम्मको चेतावनी दिएका छन्।


प्रकाशित : शुक्रबार, असार ३ २०७९००:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend