मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

संसदबाट विनियोजन विधेयक २०७९ बहुमतले पारित

बिहीबार , असार २ २०७९
संसदबाट विनियोजन विधेयक २०७९ बहुमतले पारित

बिहीबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो।

काठमाडौं- सरकारले प्रतिनिधि सभामा प्रस्तुत गरेको विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ। बिहीबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो। 

विनियोजन विधेयक संसदमा निर्णयार्थ प्रस्तुत गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु संसद बैठकबाट बाहिरिएका थिए। उनीहरुले बजेट निर्माण गर्दा अनधिकृत व्यक्ति सहभागी भएको भन्दै छानबिन गर्न माग गरेका छन्।

अर्थमन्त्री शर्माले गत जेठ १५ गते संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयक पेश गरेका थिए। जेठ १७ गतेदेखि प्रतिनिधिसभामा बजेटमाथिको छलफल सुरु भएको थियो।


प्रकाशित : बिहीबार , असार २ २०७९११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend