मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

मर्जरको चर्चाले सिभिल र एनसीसीको सेयर खरिदमा झुम्मिए लगानीकर्ता, कुनमा होला मर्ज?

बिहीबार , असार २ २०७९
मर्जरको चर्चाले सिभिल र एनसीसीको सेयर खरिदमा झुम्मिए लगानीकर्ता, कुनमा होला मर्ज?

काठमाडौं- मर्जरको चर्चाले नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) र सिभिल बैंकमा सेयर लगानीकर्ताहरू झुम्मिएका छन्। एनसीसी बैंक  नबिल बैंकसँग मर्जरको अनौपचारिक छलफलमा रहेको छ भने सिभिल बैंक र हिमालयन बैंकको मर्जरको तयारी रहेको छ।  

एनसीसी बैंकको पुनः मर्जरको चर्चा चलेसँगै सेयर मूल्य समेत बढेको छ। बिहीबार एनसीसीको प्रतिकित्ता १३.९० रुपैयाँले बढेर २२२.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ। बिहिबार एनसीसीको मात्रै ४ लाख ६९ हजार कित्ता किनबेच हुँदा १० करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यता सिभिल बैंक पनि बिहीबार ७.१० रुपैयाँले प्रतिकित्ताले बढेर २०९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। कम्पनीको ४ करोढ ७१ रुपैयाँको कारोबार हुँदा २ लाख २७ हजार कित्ता सेयर किनबेच भएको छ। 


प्रकाशित : बिहीबार , असार २ २०७९०९:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend