शनिबार, असोज ५ गते २०८१    
images
images

अर्थमन्त्री भन्छन् - अब सेयर बजारले गति लिन्छ, लिनै पर्छ

images
बिहीबार , असार २ २०७९
images
images
अर्थमन्त्री भन्छन् - अब सेयर बजारले गति लिन्छ, लिनै पर्छ
images
images

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले आफूहरूले सेयर बजार व्यवस्थित ढंगले चल्ने वातावरण बनाउन लागिरहेको बताउँदै अब सेयर बजारले गति लिने बताएका छन्। 

images
images
images

राष्ट्रिय समाचार समितिसँगको अन्तर्वार्तामा सेयर बजारबारे बोल्दै अर्थमन्त्री शर्माले सेयर बजारभित्र देखिएका समस्या पत्ता लगाएर समाधान गर्न लागिपरिरहेको बताएका छन्। 

'अर्थमन्त्रीले सेयर बजारमा घटाउने बढाउने गर्न सक्दैन। त्यो गर्दा पनि गर्दैन। म लगानीकर्तालाई विश्वास दिलाउन चाहन्छु कि राम्रो काम हुँदैछ, तपाईंहरू नआत्तिनुस्' उनले भनेका छन्, 'बजारको साधन र स्रोत बलियो बनाउनुपर्छ। अहिलेको चुनौतीले सकारात्मक दिशामा नै लगिरहेको छ। मलाई विश्वास छ, सेयर बजारले गति लिन्छ र लिनु नै पर्छ।'

सेयर बजारको पछिल्लो अवस्थाबारे अर्थमन्त्रीको धारणा -

images

सेयर बजारलाई कसरी राम्रो गर्ने भनेर के छन् त्यहाँभित्रका समस्याहरू पत्ता लगाउ र समाधान गर भनेर नयाँ व्यक्तिहरू नियुक्ति गरेर स्पष्ट निर्देशन दिएर पठाएको छु। नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत र नेपाल धितोपत्र बोर्डको अध्यक्षलाई निर्देशन दिएको छु।

बुक बिल्डिङको काम कसरी गर्ने, अरु काम कसरी गर्ने अरु कोषहरू कसरी बनाउने, अरु संरचनाको विकास कसरी गर्ने, आइटी क्षेत्रलाई कसरी सहज बनाउने भनेर स्पष्ट निर्देशन दिएको छु। उहाँहरू काममा हुनुहुन्छ। त्यो कामले गति लिँदैछ।

सेयर बजार व्यवस्थित ढङ्गले चल्ने वातावरण बन्दैछ। सामान्यरूपमा कसैले यताउति गर्दा पनि तलमाथि नहुने गरी काम भइरहेको छ। अब काम उहाँहरुको जिम्मामा छ। अर्थमन्त्रीले सेयर बजारमा घटाउने बढाउने गर्न सक्दैन। त्यो गर्दा पनि गर्दैन। म लगानीकर्तालाई विश्वास दिलाउन चाहन्छु कि राम्रो काम हुँदैछ, तपाईंहरू नआत्तिनुस्। 

नेप्से परिसूचक उकालो या ओरालोको विषय अर्थतन्त्रका अन्य पाटासँग हेर्दा त्यसमा दुईवटा विषय छन्। एउटा हाम्रोमा यससम्बन्धी साक्षरताको कमी छ। त्यसभित्र गर्नुपर्ने धेरै काम पनि बाँकी छ। ती सबै काम समयमा हुन नसक्दा आम लगानीकर्ताले प्रक्रियालाई बुझ्ने, कहाँ गर्दा के हुन्छ भन्ने जानकारी छैन। बजारमा परिपक्वता आएको छैन। त्यहाँको साधन र स्रोत बलियो बनाउनुपर्छ। अहिलेको चुनौतीले सकारात्मक दिशामा नै लगिरहेको छ। मलाई विश्वास छ, सेयर बजारले गति लिन्छ र लिनु नै पर्छ। 

सेयर बजारमा समस्या देखिनुको पछाडि बैंकिङ तरलताको विषयले पनि काम गरेको हो। यसमा बैंकिङ क्षेत्रसँग जोडिएको तरलता पनि जोडिएको छ।

हाम्रो संरचनागत समस्याहरू आजको मात्रै होइन। हिजो हामीले राज्यको पुनःसंरचना गर्दा यस क्षेत्रको पनि पुनःसंरचना नहुनुको परिणाम पनि हो। नयाँ ढङ्गले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनिसकेपछि त्यसको लक्ष्य र उद्देश्यसँग एकाकार हुनुपर्ने थियो। त्यसअनुसारको कार्यविभाजनको समस्या पनि रहेको छ। केही कानुनले निर्देशन गर्दैछ। प्रक्रियामा अगाडि बढेको छ।

हाम्रो खर्च गर्ने क्षमताको कमजोरी देखियो। एउटा पाटो हो यो। मैले विभिन्न मन्त्रालयसँग प्रयत्न गरेँ। अर्थमन्त्री आफैले खर्च गर्ने त होइन। अर्थमन्त्री त त्यसका लागि सहजकर्ता, स्रोतको व्यवस्थापक मात्रै हो। सरकारको कमजोरीका साथ साथै संरचनागत कमजोरी पनि त्यसमा जोडिएको छ। 


प्रकाशित : बिहीबार , असार २ २०७९०८:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend