काठमाडौं- सुर्खेत विमानस्थलबाट कर्णाली प्रदेशभित्र रहेको विमानस्थलहरूमा उडान गर्ने एयरलाइन्स कम्पनीले सहुलियत पाउने भएका छन्।
आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट संसदमा पेस गर्दै कर्णाली प्रदेशले यस्तो घोषणा गरेको छ। यात्रु संख्याको आधारमा अुनदान दिने घोषणा गरेको छ।
कर्णाली प्रदेशको हवाई यातायातलाई सुरक्षित, भरपर्दाे र सस्तो बनाउन अनुदान दिने व्यवस्था गरेको प्रदेश सरकारले जनाएको छ।