शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

सीईओ हटाउन सहयोग नगरेको भन्दै पर्यटन बोर्डका सदस्य हटाउने तयारीमा मन्त्री आले

बोर्डका उपाध्यक्ष रिजालबाहेक सबै विपक्षमा

images
बुधबार, असार १ २०७९
images
सीईओ हटाउन सहयोग नगरेको भन्दै पर्यटन बोर्डका सदस्य हटाउने तयारीमा मन्त्री आले
images
images

काठमाडौं- एकपछि अर्को विवादमा मुछिदै आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल पर्यटन बोर्डबाट दुई सदस्य हटाउने तयारी गरेका छन्। 

images
images
images

निजी क्षेत्रबाट प्रतिनिधित्व गरेका बोर्ड सदस्यहरू ङवा ङिमा शेर्पा र कृष्ण कुमार शाहलाई हटाउने तयारी गरेका हुन्। मन्त्री आलेले दुई सदस्यहरूले आफ्नो निर्देशनअनुसार सहयोग नगरेको भन्दै दुई सदस्यलाई हटाउने तयारी गरेका हुन्। 

images
images

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा स्थापना भएको नेपाल पर्यटन बोर्डमाथि आलेले मन्त्री नियुक्त भएसँगै लगातार हस्तक्षेप गरिरहेका छन्। बोर्डमा मन्त्रालयका सचिव बोर्ड अध्यक्ष हुने व्यवस्था रहेको छ भने पाँच जना सदस्य निजी क्षेत्रबाट प्रतिनिधित्व गराउँदै आइएको छ। 

images
images

आलेले केही समय अगाडिमात्रै मदन कुमार आचार्य र मिलन देवकोटालाई बोर्ड सदस्यमा नियुक्त गरेका थिए। आलेले बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीलाई हटाउन सहयोग नगरेको भन्दै दुई सदस्य हटाउन लागेका हुन्। शाह र शेर्पालाई तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले नियुक्त गरेका हुन्। 

सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीलाई निलम्बन गर्ने बोर्ड सञ्चालक समितिको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ। 

बोर्डले सीईओ रेग्मीमाथि छानबीन गर्ने र सो अवधिका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। सो निर्णयकाविरुद्ध रेग्मी अन्तरिम आदेश माग गर्दै अदालत गएका थिए। न्यायाधीश दीपककुमार कार्कीको इजलासले निलम्बनको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो। 

रेग्मी हटाउन बोर्ड सदस्यमाथि लगातार दबाब

मन्त्री आलेले पर्यटन अध्यक्ष महेश्वर न्यौपानेदेखि बोर्ड सदस्यहरूलाई लगातार दबाब दिँदै आएका छन्। आलेले सीईओ रेग्मीलाई हटाउन पटक पटक बोर्ड सदस्यलाई दबाब दिएका हुन्। तर बोर्ड सदस्यहरूले रेग्मीको मुद्दा अदालतसम्म पुगेकोले हटाउन नमिल्ने तर्क गर्दै आएका छन्। सोहीकारण आलेले बोर्ड सदस्यहरू शाह र शेर्पालाई हटाउन लागेका हुन्। 

गएको सोमबारको बोर्ड बैठकमा विषयमा बोर्डका सदस्यहरूबीच एकमत नभएपछि कुनै निर्णय हुन सकेन। बोर्डमा पदेन सहभागी अर्थ र वन मन्त्रालयका सहसचिवले आफूहरू विवादित प्रक्रियामा भाग नलिने बताएका थिए। सीईओ हटाउने पक्षमा उपाध्यक्ष चन्द्र रिजालबाहेक सरकारका प्रतिनिधिहरू नै तयार नभएपछि अरु सदस्य बाहिरिएका थिए।

निजी क्षेत्रबाट बोर्डमा प्रतिनिधित्व गर्ने कृष्ण शाहले अदालतमा मुद्दा विचाराधीन रहेको र सीईओको तर्फबाट अवहेलना मुद्दासमेत खेपिरहेको भन्दै आफू अदालती सजायको भागीदार नहुने बताएका थिए।


प्रकाशित : बुधबार, असार १ २०७९१०:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend