काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थल आधा घण्टा बन्द गर्दै जहाज दुर्घटनाको काल्पनिक घटना रचेर प्रतिकार्यको अभ्यास सम्पन्न गरेको छ।
यो नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सुरक्षा र उद्धारको अभ्यास हो।
विमानस्थल संकटकालीन योजनाअनुसार पूर्णसंकटकालीन अवस्थाको अभ्यास गरिएको विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए।
अभ्यासका क्रममा आकाशमा कालो धुँवाको मुस्लो देखिएको थियो। जहाजको इन्जिन फेल भएको र दर्घुटना भएको काल्पनिक घटना बनाइएको थियो। काल्पनिक जहाजमा आगो लगाइएको थियो। आगो निभाउँदै जहाजमा रहेका डमी यात्रुको उद्धार अभ्यास भएको थियो।