बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

स्थानीयबासिन्दाका लागि मन्दाकिनी हाइड्रोपावरको आईपीओ खुला

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १ २०७९
स्थानीयबासिन्दाका लागि मन्दाकिनी हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं- मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा ५ करोड ८८ लाख ३ हजार ७ सय रुपैयाँ मूल्य बराबरको ५ लाख ८८ हजार ३७ कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको हो।

आयोजना प्रभावित कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-२, ३, ४ र ६ वडाका स्थानीय बासिन्दाले यही असार १५ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार ३० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ। 

कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ मा पर्ने सार्दीखोलामा चार मेगावाट क्षमताको सार्दीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

साथै, एनएमबी बैंकको हेम्जा शाखा, प्राइम कमर्सियल बैंकको लामाचौर शाखा र पोखरा फाइनान्सको लाहाचोकस्थित कार्यालयका साथै कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौँबाट समेत आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ। कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एपी  बिबी प्लस आइएस’ ग्रेडिङ प्रदान गरेको छ। रासस


प्रकाशित : बुधबार, असार १ २०७९०८:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend