बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

प्रदेशको बजेट आज  

बुधबार, असार १ २०७९
प्रदेशको बजेट आज  

सीमित स्रोतसाधन तथा संरचनागत विकास नभएकाले बजेट कार्यान्वयन गर्न नसकिएको बताउँदै आएका सरकारहरुले पहिलो कार्यकालको अन्तिम बजेट ल्याउन लागेका छन्। 

काठमाडौं- सातै प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज ल्याउँदैछन्। 

प्रत्येक असार १ गते आर्थिक वर्षको बजेट प्रदेशसभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार नै प्रदेश सरकारहरुले आज बजेट प्रस्तुत गर्दैछन्।

कोरोना महामारीको प्रभाव मत्थर भएसँगै सुरु भएको नयाँ आर्थिक संकटकाबीच आज प्रदेश सरकारले बजेट ल्याउन लागेका हुन्। 

चालु वर्षको सुरुदेखि नै अर्थतन्त्रमा देखिएको दबाका बीच संघीय सरकारले विस्तारकारी बजेट ल्याइसकेको छ। 

सीमित स्रोतसाधन तथा संरचनागत विकास नभएकाले बजेट कार्यान्वयन गर्न नसकिएको बताउँदै आएका सरकारहरुले पहिलो कार्यकालको अन्तिम बजेट ल्याउन लागेका छन्। 

प्रदेश सरकारहरुले संघीय सरकारबाट जाने अनुदान तथा राजस्व बाँडफाँडबाट जाने रकमलाई मुख्य स्रोत मानेर बजेट बनाउछन्।आफ्नै आयको बलियो स्रोत नबनेका प्रदेश सरकारहरुले अपुग रकम ऋणबाट पनि जोहो गर्न सक्छन्। यद्यपि अहिलेसम्म कुनैपनि प्रदेश सरकारले ऋण परिचालन गरेका छैनन्। 

खर्च गर्न नसकेपनि यही वर्ष चुनाव भएकाले प्रदेश सरकारले पनि प्रचारमुखी र चुनाव लक्षित बजेट ल्याउने तयारी गरेका छन्। स्रोत साधनले नधान्ने भएपनि बजेटलाई सकेसम्म प्रचारमुखी बनाउने तयारी भइरहेको छ। 

चालु वर्षको बजेट कार्यान्वयको अवस्था कुनै पनि प्रदेशको सन्तोषजनक छैन। 
 

 


प्रकाशित : बुधबार, असार १ २०७९०३:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend