शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

सिन्धुलीको कमलामाई आन्तरिक विमानस्थल निर्माण प्रक्रिया सुरु

images
मंगलबार, जेठ ३१ २०७९
images
सिन्धुलीको कमलामाई आन्तरिक विमानस्थल निर्माण प्रक्रिया सुरु
images
images

काठमाडौं- सिन्धुलीको कमलामाईमा आन्तरिक विमानस्थल बनाइने भएको छ। विमानस्थल निर्माणको प्रक्रिया सुर भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माणको लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार पार्ने भएको छ।

images
images
images

यसका लागि प्राधिकरणले सिन्धुली कमलामाई आयोजनको वातावरणीय प्रभाव मुल्या‌ंनक प्रतिवेदन तयारीका लागि क्षेत्र निर्धारण सम्बन्धी सार्वजनिक  सूचना जारी गरेको छ।

images
images

कमलामाई नगरपालिकाको ८ नम्बर र १० नम्बर वडाको बाघमारा सिस्नेरी सिन्धुली  कमलामाई विमानस्थल आयाेजनाको लागि सूचना प्रकाशन गरेको हाे।

images
images

आन्तरिक उडान तथा अवतरण हुने विमानस्थलको रनवे  ३० मिटर चाैडाई र लम्बाई १६ सय मिटरको हुने छ। ट्याक्सी वे केन्द्रीय ८० मिटर लामाे, ४३१ मिटर समानान्तर ट्याक्सी वे र ८० मिटर लामो एप्राेन निर्माण गर्ने गरी वातावरणीय प्रभाव मुल्यांकन रिपोर्ट तयार गर्न क्षेत्र निर्धारण सम्बन्धी सूचना प्राधिकरणले जारी गरेको हाे।

विमानस्थल ४५‍‌.५ हेक्टर क्षेत्रफलमा निर्माण हुने छ।


प्रकाशित : मंगलबार, जेठ ३१ २०७९००:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend