बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

असारदेखि सातामा ६ दिन सेयर कारोबार हुने, शुक्रबार १ बजेसम्म मात्र

सोमबार, जेठ ३० २०७९
असारदेखि सातामा ६ दिन सेयर कारोबार हुने, शुक्रबार १ बजेसम्म मात्र

काठमाडौं- असारदेखि सेयर कारोबार ६ दिन नै हुने भएको छ। सरकारले आइतबारको सार्वजनिक बिदा कटौती गरेपछि सेयर बजार सातामा ६ दिन नै चल्ने भएको हो। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुली दिएको जानकारीअनुसार साताको पाँच दिन पूरै कारोबार भएपनि शुक्रबार भने १ बजेसम्म मात्रै कारोबार हुने बताए।  

आइतबार बिदा दिन थालेपछि सोमबारदेखि शुक्रबारसम्म पूरै समय कारोबार हुन थालेको थियो। अब सरकारले आइतबारको बिदा फिर्ता गरेको छ। तर सेयर बजार भने आइतबारदेखि शुक्रबारसम्मै चल्ने भएको हो।

सोमबार बसेको नेप्सेको बैठकले सातामा ६ दिन कारोबार खुला राख्ने निर्णय गरेको हो। आइतबारदेखि बिहीबारसम्म पूरै समय ११ देखि ३ बजेसम्म कारोबार हुने छ भने शुक्रबार १ बजेसम्म मात्रै कारोबार हुने भएको प्रवक्ता पराजुलीले बताए। 


प्रकाशित : सोमबार, जेठ ३० २०७९०६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend