शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

लगातार घटिरहेको सेयर बजार साताको पहिलो कारोबारमै ओरालोतिर, कहिले भेटिएला थामिने आधार?

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ३० २०७९
images
लगातार घटिरहेको सेयर बजार साताको पहिलो कारोबारमै ओरालोतिर, कहिले भेटिएला थामिने आधार?
images
images

काठमाडौं- लगातार गिरावट आइरहेको सेयर बजारमा यो साताको पहिलो कारोबारमा सोमबार पनि ओरालोतिरै लागेको छ। लगानीकर्ताले विश्वस्त हुने आधार नभेट्दा बजारमा स्थिरता आउन मुस्किल भइरहेको छ। 

images
images
images

सोमबार १५.८२ अंकले घटेर २०३२.३४ बिन्दुमा पुगेको छ।

images
images

मौद्रिक नीतिको त्रासले लगानीकर्ताको मनोबल बढ्न नसक्दा सेयर बजार बढ्न सकेको छैन। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत झनै कसिलो नीति लिने संकेत गरेकाले लगानीकर्ताहरू सेयर बिक्री गरेर बजारबाट बहिरिरहेका छन्। 

images
images

गएको साता एक दिन बुधबार ६०.२० अंकले बढेको बजार कारोबारको बाँकी चार दिन घटेको थियो। गएको साता सोमबार १२.९२ अंकको गिरावट देखिएको बजार मंगलबार  ४५.५९ अंकले घटेको थियो। बिहीबार  १७.५८ अंकले घटेको बजार शुक्रबार पनि १४.६४ अंकले घटेको थियो। 

यो साता पनि सोमबारको अवस्थाले बजारमा सकारात्मक संकेत गरेको छैन। मौद्रिक नीतिमार्फत हुने सम्बोधनको पर्खाइमा रहेका लगानीकर्ताका लागि पर्ख र हेरकै अवस्थामै रहेका छन्। 

सेयर बजारका संगठित लगानीकर्तादेखि नियामकहरूले समेत पुँजी बजारको अवस्थामा चिन्ता व्यक्त गरिरहे पनि बजारको अवस्था भने सुधारोन्मुख हुन सकेको छैन। सेयर बजारका संगठित लगानीकर्ताहरूले सेयर बजार सुधारका लागि भन्दै सरोकारवालासँग निरन्तर कुराकानीका साथै विरोधसमेत गरिरहेका छन्। तर बजारले सुधारका सूचक नभेट्दा आम लगानीकर्ता विश्वस्त हुन सक्ने आधार भेटिएको छैन। 

अर्थमन्त्री जनार्दन शर्मा गतवर्ष सेयर कर्जामा लगाइएको सेयर धितो कर्जाको ४/१२ को सीमा हटाउनुपर्ने पक्षमा रहेका छन्। तर राष्ट्र बैंक अझै सेयर बजारमा कसिलो नीति लिनुपर्ने पक्षमा देखिन्छ। यसैले लगानीकर्ताले चाहेको जस्तो मौद्रिक नीतिमार्फत सम्बोधन हुने नहुने यकिन नभएको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : सोमबार, जेठ ३० २०७९०९:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend