बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

नबिलसँग मर्जरको लागि एनसीसीको पुनः प्रस्ताव, स्वाप रेसियोमा होला सहमति?

मंगलबार, जेठ ३१ २०७९
नबिलसँग मर्जरको लागि एनसीसीको पुनः प्रस्ताव, स्वाप रेसियोमा  होला सहमति?

काठमाडौं- नबिल र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकबीच फेरी मर्जरको लागि छलफल सुरु भएको छ। गत वर्ष मर्जरको अन्तिम चरणमा पुगेर भाँडिएको मर्जर पुनः नबिलसँगै छलफल चलेको हो।

नेपाल बंगलादेश बैंक गाभेको नबिलले केही सातामै एकीकृत कारोबार गर्दैछ। एनसीसी बैंकसँग पुनः मर्जरको चर्चा चलेको हो। एनसीसीलाई नबिलले १००ः६५ को स्वाप रेसियो प्रस्ताव गरेको बुझिएको छ। तर एनसीसीले ८० हुनुपर्ने सर्त राखेको छ। नबिल बैंकमा एनबी बैंक गाभिएसँगै चुक्तापुँजी पौने २८ अर्ब  ५७ करोड रुपैयाँ पुगेको छ।

अहिले नबिल बैंकको पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ छ भने नेपाल बंगलादेश बैंकको चुक्तापुँजी १० अर्ब ८ करोड रुपैयाँ छ। बैंकले १००ः४३ को भागमा गाभ्ने निर्णय भएको थियो। अब एनसीसी बैंक मर्ज भएमा नबिल बैंकको चुक्तापुँजी ११ अर्ब १३ करोड रहेको छ। नबिल, एनसीसी र एनबी बैंक एकै ठाऊमा हुँदा चुक्तापुँजी ४० अर्ब हुने छ। यो सँगै सूचक मात्रै नभएर चुक्तापुँजीको हिसाब सबैभन्दा ठूलो बैंक बन्ने छ। 

नबिलको सेयर दोस्रो बजारमा ८४८ रुपैयाँमा झरेको छ। यता एनसीसीको २१० रुपैयाँमा कारोबार भएको छ। नबिलको १९०० सम्म पुगेको थियो भने एनसीसीको ४०७ रुपैयाँमा उच्च मूल्यको कारोबार पछिल्लो ५२ हप्तामा भएको थियो। लाभांश तथा अन्य सबै हिसाबले नबिल बैंक अब्बल रहेको छ। 

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई निर्देशन दिएका थिए। गभर्नर अधिकारीले मर्जरमा नजाने बैंकहरूलाई अब आउने मौद्रित नीतिमार्फत सुविधा कटौती गर्नेसम्मको चेतावनी दिएका थिए। 

राष्ट्र बैंकको इकोनोमिक रिसर्च डिपार्टमेन्टले गरेको अध्ययन प्रतिवेदन गत महिना सार्वजनिक गर्दै नेपालमा वाणिज्य बैंकहरू धेरै भएकाले मर्जरको नीतिमार्फत घटाउने र बलिया बैंक बनाउनुपर्ने निष्कर्ष निकालेको थियो।   


प्रकाशित : मंगलबार, जेठ ३१ २०७९००:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend