शनिबार, जेठ ५ गते २०८१    
images
images
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवरोध

के अब सर्ला ल्यान्डफिल्ड साइट?

images
सोमबार, जेठ ३० २०७९
images
images
के अब सर्ला ल्यान्डफिल्ड साइट?
images
images

काठमाडौं (जेठ, ३०) - पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै रहेको ल्याण्डफिल्ड साइट व्यवस्थापन गर्ने निर्णय गरेको छ।

images
images
images

लामो समयसम्म ल्यान्डफिल्ड साइट व्यवस्थापनको विषयमा पोखरा महानगरपालिकाले निर्णय गर्न सकेको थिए। ल्यान्डफिल्ड साइट रहेको स्थान नसार्दासम्म विमानस्थल सञ्चालनमै अवरोध आउने भएको थियो।

images

महानगरपालिकाले ल्याण्ड फिल्ड साइट सार्ने विषयमा विवाद हुँदा निर्णय गर्न सकेको थिएन। महानगरले २० नम्बर वडाका ल्यान्डफिल्ड साइट सार्ने निर्णय गरेको थियो। तर उक्त विषय विवादमा परेको थियो। त्यसपछि महानगरपालिकाले ल्याण्डफिल्ड साइट सार्ने विषयमा निर्णय गर्ने सकेको थिएन। महानगरपालिकाले स्थानीय निर्वाचनको समय ल्याण्डफिल्ड तोकिँदा राजनीतिक रुपमा विरोध हुने भन्दै कुनै निर्णय गरेको थिएन। तर महानगरकै ३३ नम्बर वडामा फोहर व्यवस्थापनका लागि संरचना बनाउने विषयमा भने अध्ययन गरिरको थियो।

images
images

सोहीअनुसार ल्यान्डफिल्ड साइटकै कारण विमानस्थल सञ्चालनमा अवरोध हुने भन्दै नवनिर्वाचित महानगरका जनप्रतिनिधिको पहिलो कार्यापालिका बैठकले नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको ल्यान्डफिल्ड साइट ३३ नम्बर वडामा सार्ने निर्णय गरेको हो।

images
images

पोखरा महानगरपालिका कै ३३ मा सार्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय भएको पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलराम रिजालले बताए।

अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसक्दासमेत उचित व्यवस्थापन हुन नसकेर समस्याको रुपमा रहेको ल्याण्डफिल्ड साइटलाई महानगरले प्राथमिकतमा राखेर सो निर्णय गरेको रिजालले जानकारी दिए। योसँगै विमानस्थल सञ्चालनमा देखिएको प्रमुख समस्या समाधान हुने  आशा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ। तर महानगरपालिकाले काम नगर्दासम्म विश्वास गर्ने ठाउँ भने नरहेको प्राधिकरणकै कर्मचारीहरू बताउँछन्।

२०२१ को जुलाईभित्रै सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्ष ढिला गरी निर्माणको काम अन्तिम चरणमा पुगेको छ। तर विमानस्थलबाट दुई किलोमिटरको दुरीमा रहेको ल्याण्डफिल्ड साइट (फोहर विसर्जन स्थल) व्यवस्थापन हुन नक्सदा विमानस्थल सञ्चालन सन् २०२२ भित्रै गर्न असम्भव हुने अवस्थामा पुगिसकेको छ। महानगरको यो निर्णय तत्काल कार्यान्वयन जाँदा पनि ६ महिनाभन्दा बढी समय लाग्ने छ।

‘ल्याण्डफिल्ड साइट अहिले रहेको ठाउँबाट व्यवस्थापन नहुँदासम्म विमानस्थल सञ्चालन सम्भव छैन,’ टिमका प्रमुख बिक्रम गौतमले भने ‘ल्याण्डफिट साइट जबसम्म व्यवस्थापन गर्न सकिँदैन तबसम्म विमानस्थल बने पनि सञ्चालनमा आउन सक्दैन।’

नयाँ निर्माण भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलोमिटरको दुरीमा पोखरा महानगरपालिकाले पालिकाभित्रको फोहर व्यवस्थापन गर्दै आएको छ।

फोहर व्यवस्थापन भएको ठाउँमा चराको मुभमेन्ट हुन्छ। चराको मुभमेन्ट नयाँ बनेको विमानस्थलमा पनि सहजै देख्न सकिन्छ। विमानस्थलको रनवेदेखि सबै क्षेत्रमा चिललगायत दजनौँ प्रकारका चराको चहलपहल बढी छ। चराको आहाराका लागि ल्याण्डफिल्ड साइट उचित ठाउँ बनिरहेको छ। साथै दुईवटा खोलाको बीचमा विमानस्थल छ। चराहरूले विमानस्थल क्षेत्रलाई नै आउने जाने बाटो बनाइरहेका छन्।

विमानस्थल सञ्चानलका लागि सबैभन्दा पहिलो चराहरूको मुभमेन्ट घटाउनु पर्ने गौतम बताउँछन्। चराको मुभमेन्ट कम गर्नका लागि सबैभन्दा पहिले ल्याण्डफिल्ड साइट व्यवस्थापन हुनपर्ने उनको तर्क छ। ल्याण्डफिल्ड साइट व्यवस्थापन भएपछि अहिलेको चराहरूको मुभमेन्टमा ४० प्रतिशत कम हुने गौतमको भनाइ छ। बाँकी ४० प्रतिशत जनचेतना जगाउने साथै चराहरूको वासस्थान रहेको ठाउँमा व्यवस्थापन गरेर हटाउन सकिने उनको भनाइ छ। थप २० प्रतिशत चराको मुभमेन्ट हटाउन भने विमानस्थल सञ्चालनसँगै आधुनिक प्रविधिसमेत प्रयोग हुने उनको भनाइ छ। तर पहिले अवरोधको रुपमा ल्याण्डफिल्ड साइट रहेको छ। ल्याण्डफिल्ड साइट व्यवस्थापनको विषय तीन महिनादेखि छलफलमै सीमित रहेको उनको भनाइ छ।

विमानस्थल सञ्चालनको तयारीसँगै पोखरालाई हव बनाएर अन्तर्राष्ट्रिय तथा हरेक विमानस्थललाई पोखरासँग जोड्न लागेको बुद्ध एयरले सरोकारवाला निकायसँग ल्याण्डफिल्ड साइट व्यवस्थापनको विषयमा प्रश्न उठाउँदै आएको छ।

बुद्ध एयरले जबसम्म ल्याण्डफिल्ड साइटको व्यवस्थापन हुँदैन तबसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान असम्भव रहेको बताएका छ। बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले विमानस्थल सञ्चालनको तयारी भइसक्दा पनि विमानस्थल सञ्चालनको मुख्य अवरोध हटाउने विषय अन्योलमा रहँदा सञ्चालनमा ढिला हुने बताएका छन्।

चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले २०७४ साल असारदेखि विमानस्थलको काम सुरु गरेको थियो। तर अहिले समय थप गरी २०२२ को जुलाईसम्म काम सक्ने लक्ष्य लिइएको छ। यो आयोजनाको कुल अनुमानित लागत २१ अर्ब ६० करोड रहेको छ।

आर्थिक वर्ष २०७५/७६ मा नै यो आयोजनको धावनमार्ग, ट्याक्सी वे र एप्रोन निर्माण गर्ने कार्य सम्पन्न भएको थियो। अहिले विमानस्थलभित्र बन्ने टर्मिनल भवन र अन्य १४ वटा भवनहरू निर्माण काम सम्पन भएसँगै फिनिसिङको चरणमा छ।

अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ)को मादण्डअनुसार फोरडी मोडलमा निर्माण भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यस्तरका जहाजबाट उडान तथा अवसतरण गर्न सकिने छ।


प्रकाशित : सोमबार, जेठ ३० २०७९१२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend