शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द गरिने

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ २९ २०७९
images
चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द गरिने
निकुञ्जमा गैँडा। सांकेतिक तस्बिर।
images
images

चितवन- चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि यही असार १ गतेदेखि बन्द गर्ने भएको छ। निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो। 

images
images
images

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले गतिविधिमा रोक लगाइएको हो।

images
images

'अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द गरिएको छ' उनले भने।

images
images

निकुञ्जले हरेक वर्ष वर्षातको समयमा यस्ता गतिविधि बन्द गर्ने गर्दछ। योसँगै राप्ती नदीमा गरिने डुङ्गा सफारी बन्द गरिएको उनले जानकारी दिए। वर्षातको समयमा डुङ्गा सफारी गर्दा जोखिम हुने भएकाले यसलाई बन्द गरिएको हो। 

निकुञ्जभित्र हुने पर्यटकीय गतिविधिबाट यस आवको बैशाखसम्म ८ करोड १७ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। सो समयमा एक लाख ५९ हजार ८८१ पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए। उनीहरुमध्ये एक लाख ३६ हजार ५२२ नेपाली, १० हजार ९३४ सार्क मुलुकका र १२ हजार ४२५ अन्य मुलकका रहेको निकुञ्जले जनाएको छ।

सोही अवधिमा निकुञ्जभित्र दुई करोड ४१ लाख ४० हजार पटक जङ्गलमा जिप सफारी गरिएको छ। निकुञ्जको मुख्य आम्दानी पर्यटकबाट हुने जङ्गल सफारी रहेको छ। रासस


प्रकाशित : आइतबार, जेठ २९ २०७९१३:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend