शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूबीच मर्जरको प्रस्ताव, मर्जपछि कस्तो होला बैंक?

images
सोमबार, जेठ ३० २०७९
images
ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूबीच मर्जरको प्रस्ताव, मर्जपछि कस्तो होला बैंक?
images
images

काठमाडौं- वाणिज्य बैंकहरू आगामी असार मसान्तसम्म पनि मर्जरमा जान तयार नभए कडा नीति लिने नेपाल राष्ट्र बैंकले संकेत गरेसँगै मर्जरको एजेन्डा फेरि चर्चामा छ। नाफा र चुक्ता पुँजीसहित अन्य सूचकमा समेत नम्बर १ बनेको ग्लोबल आईएमई बैंकसँग मर्जरमा जान जुनसुकै बैंकहरू पनि लालायित हुन्छन्। पछिल्लो समय ग्लोबल आईएमई बैंकसँग बैंक अफ काठमाण्डूले मर्जरको प्रस्ताव गरेको छ। 

images
images
images

दुबैं बैंकका सञ्चालकबीच मर्जरको लागि औपचारिक र अनौपचारिक बैठकहरू लगातार बसिरहेका छन्। केही सातामै प्रारम्भिक सम्झौता गर्नेगरी दुई बैंकका सञ्चालकबीच तीव्र वार्ताहरू भइरहेको बैंक अफ काठमाण्डूका एक सञ्चालकले जानकारी दिए।

images
images

‘दुई बैंकबीच मर्जरका लागि छलफल चलिरहेकोले केही दिनमै ब्रेकथ्रु हुनेछ,’ ती सञ्चालकले भने। स्वाप रेसियोमा समेत सहमति नजिक पुगेको बुझिएको छ। ‘सम्भवत १००ः१०० मै स्वाप रेसियो टुंगो लाग्ने छ,’ ती सञ्चालकले भने। स्वाप रेसियो १०० मा ग्लोबल आईएमई बैंकले सहमति गरेमा बैंक अफ काठमाण्डूले नामको विषय ग्लोबल आईएमई बैंकनै स्वीकार गर्नेसम्मको छलफल केन्द्रित भएको छ। 

images
images

चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरूले ५८ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। साउनदेखि बैशाखसम्म २७ वाणिज्य बैंकहरूले उक्त नाफा कमाएका हुन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार १० महिनामा सबैभन्दा धेरै कमाउनेमा ग्लोबल आईएमई बैंक रहेको छ। त्यस्तै दोस्रोमा एनआईसी एसिया बैंक र तेस्रोमा नबिल बैंक रहेको छ। 

ग्लोबल आईएमई बैंकले ४ अर्ब ३१ करोड नाफा कमाउँदा एनआईसी एसियाले ४ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ। त्यस्तै नबिल बैंकले ३ अर्ब ८२ करोड रुपैयाँ नाफा कमाएको छ। ग्लोबल आईएमईले नबिलको भन्दा ५१ करोड बढी नाफा कमाएको छ भने एनआईसीले भन्दा २० करोड रुपैयाँ बढी नाफा कमाएको छ।

यता बैंंक अफ काठमाण्डूले १० महिनामा १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ। दुई बैंक मर्जरमा गएका अन्य बैंंक मर्जरमा जाँदा पनि ग्लोबल आईएमई बैंकले चुक्ता पुँजीको हिसावले सवैभन्दा ठुलो बैंक बन्ने छ। गत साता मर्जरको सम्झौता गरेको इन्भेष्टमेन्ट र मेगा बैंकको चुक्ता पुँजी ३४ अर्ब हुनेछ।

ग्लोबल र बैंक अफ काठमाण्डू मर्जरमा गएमा ३४ अर्ब ४१ करोड रुपैयाँ चुक्ता पुँजीको बैंक बन्नेछ। ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ भने बैंक अफ काठमाण्डूको १० अर्ब ६२ करोड छ। केही सातामै हिमालयन र सिभिल बैंक समेत मर्जरमा जानेगरी सम्झौताका लागि छलफल गरिरहेका छन्। 

बैंक अफ काठमाण्डू बैंकको गत शुक्रबार दोस्रो बजारमा २३५.५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने ग्लोबल आईएमई बैंकको अन्तिम कारोबार २६५ रुपैयाँमा कारोबार भएको थियो।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई निर्देशन दिएका थिए। गभर्नर अधिकारीले मर्जरमा नजाने बैंकहरूलाई अब आउने मौद्रित नीतिमार्फत सुविधा कटौती गर्नेसम्मको चेतावनी दिएका थिए। 

राष्ट्र बैंकको इकोनोमिक रिसर्च डिपार्टमेन्टले गरेको अध्ययन प्रतिवेदन गत महिना सार्वजनिक गर्दै नेपालमा वाणिज्य बैंकहरू धेरै भएकाले मर्जरको नीतिमार्फत घटाउने र बलिया बैंक बनानुपर्ने निष्कर्ष निकालेको थियो।   


प्रकाशित : सोमबार, जेठ ३० २०७९००:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend