शनिबार, जेठ ५ गते २०८१    
images
images

बहुराष्ट्रिय होटल ब्रान्ड भित्र्याउने होड 

images
मंगलबार, जेठ ३१ २०७९
images
images
बहुराष्ट्रिय  होटल ब्रान्ड भित्र्याउने होड 

पछिल्लो समय नेपालमा विश्वस्तरका ठूला होटल ब्रान्डले चेन (सञ्जाल) विस्तार गरिरहेका छन्। राजनीतक संक्रमण सकिएको र पर्यटकीय केन्द्र बन्ने विश्वाससहित उनीहरूले नेपालमा लगानी र सञ्जाल विस्तार गर्न लागेका हुन्।

images
images

काठमाडौं- पछिल्लो पाँच वर्षमा नेपाली पर्यटन पूर्वाधारमा लगान बढेको छ। पर्यटकीय सम्भावना भएका कारणले गर्दा निजी क्षेत्रबाट पर्यटकीय पूर्वाधारबाट लगानी भइरहेको छ। 

images
images
images

पर्यटक लक्षित सानादेखि ठूलासम्मका होटलमा व्यवसायीले धमाधम लगानी गरिरहेका छन्। विशेषगरी २०७२ सालपछि होटलमा लगानी तीव्र रुपमा बढ्न थालेको थियो। 

images

नेपाली व्यवसायीहरुले नै होटलमा लगानी गरिरहेका छन्। पाँचतारेस्तरका स्तरीय होटल रिसोर्टमा व्यवसायीको आकर्षण देखिएको छ। तर यसरी लगानी गर्ने व्यवासयीले होटलको व्यवस्थापन भने ग्लोबल ब्रान्ड पनि ल्याइरहेका छन्। 

images
images

संसारभा धेरै चलेका होटल ब्रान्डहरु धमाधम भित्रिन थालेका छन्।

images
images

पछिल्लो समय सञ्चालनमा आएको विदेशी व्यवस्थापनसहितको होटल हो ह्यत प्लेस। व्यवसायी पवन गोल्यानणले लगानी गरेको यो होटल काठमाडौंको सोल्टीमोडमा रहेको छ। विजनेस होटलको ब्रान्ड बनाएको यो यो व्यवस्थापनमा काठमाडौंमा भने पाँचतारे होटलकै रुपमा सञ्चालनमा रहेको छ। 

पछिल्लो समय नेपालमा विश्वस्तरका ठूला होटल ब्रान्डले चेन (सञ्जाल) विस्तार गरिरहेका छन्। राजनीतक संक्रमण सकिएको र पर्यटकीय केन्द्र बन्ने विश्वाससहित उनीहरूले नेपालमा लगानी र सञ्जाल विस्तार गर्न लागेका हुन्।

संसारभरि नै सञ्जाल भएका त्यस्ता होटलले  पछिल्लो समय राजधानीसँगै बाहिर पनि चेन खोल्न थालेका छन्। काठमाडौं उपत्यकामा बनिरहेका पाँचतारे होटल सबै अन्तर्राष्ट्रिय चेन होटल छन्। 

यी होटलमध्ये केहीमा विदेशी लगानी छ भने कतिपय फ्रेन्चाइजको रूपमा नेपाल भित्रिएका छन्। काठमाडौंमा निर्माण भइरहेका वा हुने क्रमा रहेका अधिकांस होटलम विदेशी चेनमा सञ्चालन हुनेछन्। 

-व्यवसायी शशिकान्त अग्रवालले कमलादीमा निर्माण गर्न लागेको होटलमा म्यारियट ग्रुपकै मोक्सी ब्रान्ड ल्याउँदैछन्। छिटै निर्माण सुरु गरेर सन् २०२५ भित्र होटल सञ्चालनमा ल्याउने तयारी उनको छ। 

 

- देशबन्धु बस्नेतले सुकेधारामा बनाइरहेको होटलमा पनि हायात ब्रान्ड आउँदैछ। 

-गैरआवासीय नेपाली शेष घलेको कान्तिपथमा निर्माण गरिरहेको होटलमा पनि म्यारियट ग्रुपकै प्रिमियम ब्रान्डा सेराटन आउँदैछ। करिब १२ अर्ब रुपैयाँ लगानी हुने सेराटन होटल २०२२ भित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। २०७२ को भूकम्पअघि ८ अर्ब रुपैयाँ लगानीमा निर्माण गरिएको सेराटन होटल विविध कारणले निर्माण तथा सञ्चालन अवधि लम्बिँदै जाँदा लगानी पनि बढ्दै गइरहेको बताइन्छ।

- व्यवसायिक घराना शंकर समूहले नक्सालमा निर्माण गरिरहेको होटलमा डबल ट्रि बाइ हिल्टन ब्रान्ड आउँदैछ। बीचमा होटल निर्माणमा ढिलाइ गरे पनि पछिल्लो समय होटलको निर्माण कार्य तीब्र गतिमा भइरहेको जगदम्बा हस्पिटालिटीले जनाएको छ। 

-कर्मा ग्रुप अफ कम्पनीले महाराजञ्जमा अपार्टमेन्ट सहितको पाँचतारे होटल सञ्चालनमा ल्याउँदैछ। त्यो होटलको व्यवस्थापनमा म्यारियटकै प्रिमियम ब्रान्ड ले मेरिडियन आउने एग्रिमेन्ट भइसकेको छ। यो होटल २०२६ सम्म सञ्चालनमा ल्याइसक्ने ग्रुपका अध्यक्ष लक्ष्य कर्मा तेञ्जिङको छ। सुरुमा अपार्टमेन्ट निर्माण गरी बिक्री गरेर होटलको काम सुरु गर्ने बताइएको छ। होटल र अपार्टमेन्टको डिजाइन तयार भइसकेको छ।

-बिनोद चौधरीका कान्छा भाइ अरुण चौधरीले पुल्चोकमा बनाउँदै गरेको पाँचतारे होटलको व्यवस्थापनमा अन्तर्राष्ट्रिय चेन ब्रान्ड होली डे इन ल्याउँदैछ। यो ब्रान्ड पोखराको एउटा निर्माणाधीन होटलमा पनि आउन लागेको बताइएको छ। 

-विनोद चौधरी, रविभक्त श्रेष्ठ लगायतका व्यवसायीहरुको समूले अहिले समिट होटल भएकै ठाउँमा बनाइरहेको होटलमा ‘सेन्ट रिजिस’  ब्रान्ड आउने निश्चित भएको छ। 

- सिप्रिदीका सञ्चालक सिद्धार्थ समशेर जबराले पनि होटल ओवरोय ब्रान्डमा काठमाडौंमा होटल सञ्चालनमा ल्याउने भएका छन्। अहिले यो होटल निर्माणका लागि तयारी भइरहेको छ। 

आउने होटल मात्र होइन यसअघि नै करिब दर्जन अन्तर्राष्ट्रिय चेनमै होटल सञ्चालन भइरहेका छन्। होटल बाहेक रेष्टुरेन्ट पनि विदेशी चेनमा सञ्चालन भइरहेका छन्। 

पछिल्लो समय सबैभन्दा चर्चामा नक्सालको पाँचतारे म्यारियट होटल छ। अहिले सम्भ्रान्त वर्गको मिटिङ, भेटघाटदेखि लञ्च, डिनरका कार्यक्रम म्यारियटमै हुने गर्छ। विदेशबाट आउने हाईलेवलका पाहुना पनि म्यारियटमै बस्ने गरेका छन्। 

शशिकान्तले ठमेलको तीनतारे होटलमा म्यारियटकै फेयरफिल्ड ब्रान्ड ल्याइसकेका छन्। कमलादीमा निर्माण गर्न लागेको होटलमा म्यारियटको मोक्सी ब्रान्ड ल्याउन लागेका छन्। 

यसअघि नै नेपालमा हायात र र्‍याडिसन ब्रान्ड भित्रिसकेका छन्। सोल्टी होटलमा आएको क्राउन प्लाजा भने बाहिरिएको छ। कोभिड मत्थर भएर पर्यटक आवागमन सुरु भएपछि लक्जरी ब्रान्ड ल्याउने तयारीमा सोल्टी व्यवस्थापन लागेको छ।

अर्बपति व्यवसायी एवं प्रतिनिधिसभा सांसद बिनोद चौधरीले मेघौलीको रिसोर्टमा ताज सफारी ब्रान्ड ल्याएका छन्। मेघौली सेराइ ताज सफारीले प्रिमियम मूल्यमा कोठाहरु बिक्री गरिरहेको छ। 

चौधरीकै लगानी रहेको चितवनको भरतपुरस्थित सीजी ल्यान्डमार्कमा रहेको होटल ‘द फर्न’  सञ्चालन भइसकेको छ। ‘द फर्न’ले भारतमा धेरै बजेट होटलहरु व्यवस्थापन गर्दै आइरहेको छ। ‘द फर्न’ चौधरी आफैले जन्माएको होटलको चेन ब्रान्ड हो।

त्यस्तै होटल रमडा इन्कोर काठमाडौंको ठमेलमा सञ्चालनमा छ भने विनोद चौधरीले झम्सिखेलको होटलमा ताजकै भिभान्ता ब्रान्डलाई व्यवस्थापनको जिम्मेवारी सुम्पिएका छन्। 

विश्वविख्यात चेन होटल आउँदा नेपाललाई के फाइदा हुन्छ?

विश्वभर छरिएर रहेका होटलका चेन/फ्रेन्चाइज नेपाल आउँदा नेपालको विश्वासनियता बढ्छ। जुन यात्रु पहिले नै मेरियटमा बसिसकेको छ भने उसले मेरियट नेपालमा पनि छ भन्ने थाहा पाउँछन्। 

यस्ता चेनले व्यवस्थापन गरेका होटलको अर्को सकारात्मक पक्ष प्रतिस्पर्धामा खरो उत्रिन सक्नु हो। उनीहरूको  संसारभरि नै ग्राहक सञ्जाल हुन्छ। उनीहरूको सञ्जालमार्फत पनि  नेपालमा भित्रिने पर्यटकको संख्या बढ्न  सक्छ।

चेन होटल आउँदा स्थानीय होटललाई प्रतिस्पर्धामा उत्रन कठिन हुने र त्यसरी व्यवस्थापन सम्हालेवापत् उनीहरुले लिने पैसालाइ छोड्ने हो भने नेपालको पर्यटनमा फाइदा हुन्छ। 

नेपालमा यस्ता अन्तर्राष्ट्रय चेन पहिले आएर पनि गइसकेका छन्। अहिले कतिपय पाँचतारे होटलमा पनि त्यस्ता चेन यथावत् छन्। 

सबै सफल हुँदैनन्

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय होटल चेन सोल्टीमा आएको थियो।  सोल्टीले ५० वर्षअघि नै ओवरोयको चेन ब्रान्ड ल्याएको थियो। ओवरोयले आफ्नो सेयर बिक्री गरेर बाहिरिन खोजेपछि एनई ग्रुपका रविभक्त श्रेष्ठले खरिद गरेका थिए। 

राधेश्याम सर्राफले बौद्धको पाँचतारे होटलमा हायत रिजेन्सी ब्रान्ड भित्र्याएका छन्। त्यो होटलको स्तरोन्नती गरेर ग्रान्ड हायात बनाउने तयारी चलिरहेको छ।

यो बीचमा सेराटन, ले मेरिडियन, ताज, आईटीसी, इन्टरकन्टिनेन्टल लगायत अन्तर्राष्ट्रिय ब्रान्डहरु भित्रिएका थिए, तै पनि सबै सफल भएनन्। व्यवसायी शशिकान्त अग्रवालले नक्सालको होटलमार्फत मेरियटलाई पुनः नेपालमा भित्र्याएका हुन्। अहिले म्यारियट ग्रुपकै तीन वटा ब्रान्ड आइसकेका छन् भने थप ४ वटा ब्रान्ड नेपाल भित्रिने तयारीमा छन्।  

पछिल्लो समय सोल्टी होटलको व्यवस्थापन सम्हालिरहेको क्राउन प्लाजा पनि बाहिरिसकेको छ। बहुराष्ट्रिय हस्पिटालिटी ब्रान्ड इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (एआइएचजी)को चर्चित ब्रान्ड क्राउन प्लाजा सोल्टीबाट निस्किए पनि एआइएचजीको होलिडे इन एक्सप्रेस एन्ड सुइट्स ब्रान्ड आउँदैछ।


प्रकाशित : मंगलबार, जेठ ३१ २०७९०३:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend