बुधबार, वैशाख १२ गते २०८१    
images
images

११ महिनामै ७ एसेम्बल उद्योग दर्ता अधिकांशले विद्युतीय सवारी उत्पादन गर्ने

images
images
images
११ महिनामै ७ एसेम्बल उद्योग दर्ता अधिकांशले विद्युतीय सवारी उत्पादन गर्ने
images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो ५ महिनामा सवारी उत्पादन गर्न ३ उद्योग दर्ता भएका छन्। यी ३ उद्योगले दुईपांग्रे, चारपांग्रे र विद्युतीय दुईपांग्रे सवारी एसेम्बल गर्न ६ अर्ब ३७ करोड रुपैयाँको लगानी प्रतिवद्धता गरेका छन्।

images
images
images

नेपालमै सवारी उत्पादन गरी बिक्री वितरण गर्नेले उद्योगलाई राज्यले छुट तथा सहुलियत दिने नीति लिएसँगै सवारी उत्पादन उद्योग दर्तामा लहर नै आएको छ।

images

अहिले पेट्रोल डिजल र विद्युतीय सवारी समेत नेपालमै उत्पादन गर्ने गरी एसेमब्ल उद्योग दर्ता भएका छन्। केही दिनअगाडि मात्रै नेपालमै एकैपटकमा एउटै उद्योगबाट विद्युतीय चार पाङग्रे सवारीदेखि मोटसाइकल तथा आइसी इन्जिनयुक्त सवारी उत्पादन गर्ने गरी उद्योग दर्ता भएको छ।

images

बाराको सिमरामा उद्योग स्थापना गर्ने गरी उद्योग दर्ता भएको हो। व्यवसारी शिव घिमिरेले एसेम्बल उद्यो दर्ता गराएको हुन।  तीन अर्ब रुपैयाँको लगानीमा उद्योग खोल्ने गरी उद्योग विभागमा दर्ता भएको छ।

images
images

उद्योग विभाग अनुसार ग्यास व्यवसायीका रुपमा चर्चा कमाएका घिमिरेले नेपालमै विद्युती सवारी मोटरसाइल/स्कुटर, कार/जिप, बस लगायतका सवारी उत्पादन गर्ने गरी उद्योग दर्ता गराएका छन्। उद्योग स्थापनाका लागि आवश्यक जग्गासमेत लिइसकेको व्यवसायी घिमिरेले बिजनेस न्युजसँग बताए।

घिमिरेले अहिले मोटरहेडको मोटरसाइकल व्यापार गर्दै आएका छन्। घिमिरेको आधा दर्जनभन्दा बढी ग्यास उद्योग सञ्चालनमा छन्। घिमिरेले अक्सिजन ग्यास उद्योगसमेत सञ्चालन गरिरहेका छन्। यसबाहेक घिमिरेले हाइड्रोमा समेत लगानी गर्दै आएका छन्।

घिमिरेले बाराको सिमरामा ३२ बिघा जग्गा खरिद गरेर राखेका छन्। सो जग्गामा अन्य उद्योगसहित सवारी एसेम्बलसमेत गर्ने योजना उनको छ। सवारी उद्योगका लागि संयुक्त उक्रमका लागि छलफल भइरहेको उनले बताए। 

घिमिरेले वार्षिक २१ सय वटा विद्युतीय मोटरसाइकल/स्कुटर, ६ सय चारपांग्रे विद्युती कार (एसयूभी) र १२ सय वटा तिन पांग्रे सवारीसमेत उत्पादन गर्ने गरी उद्योग दर्ता गराएका छन्।

यसैगरी उद्योगबाट वार्षिक १ सय २० वटा विद्युतीय बस, पेट्रोलबाट चल्ने मोटरसाइकल १० हजार ५ सय, पेट्रोलबाट चल्ने ३ पांग्रे १५ सय वटा, पेट्रोल/डिजल इन्धन कार/जिप ६ सय वटा र  ६ पांग्रे ठूला सवारी वार्षिक ७ सय ५० वटा उत्पादन गर्ने गरी उद्योग दर्ता गराएका छन्।

उद्योगले ४ सय ३१ जनालाई रोजगारी दिने र २ हजार ५ सय केभी विद्युत खपत हुने दर्ता विवरणमा उल्लेख छ।

यसैगरी  व्यवसायिक घराना दुगड समूहले पनि नेपालमै सवारी एसेम्बल गर्ने भन्दै उद्योग दर्ता गराएको छ। दुगड समूहले मकवानपुरमा दुईपांग्रे तथा तीनपांग्रे सवारी उत्पादन गर्ने गरि उद्योग दर्ता गरेको हो।

दुगड समूहले हेटौंडा औद्योगिक क्षेत्रभित्र दुई तथा तीन पांग्रे सवारी उत्पादन गर्नेछ। दुगड समूहले हाल नेपाली बजारमा इटालियन ब्रान्डका भेस्पा तथा अप्रिलिया ब्रान्डको स्कुटर बिक्री गर्दै आएको छ। यस्तै दुगड समूह अन्तर्गतको विवेक अटोमोबाइलले पियाजियोको तीनपाङ्ग्रे रिक्सा पनि बिक्री गर्दै आइरहेको छ।

दुगड अटो क्लिनिकले दुई तथा तीन पांग्रे सवारी उत्पादन गर्न ३० करोड रुपैयाँ लगानी प्रस्ताव गरेको छ। यो कम्पनीले वार्षिक २४ हजार दुईपांग्रे र ४ हजार वटा तीन पांग्रे सवारी उत्पादन गर्ने प्रस्ताव गरेको छ।

दुगड अटो क्लिनिकमा १ सय ४५ जनाले रोजगारी पाउने छन् भने यसमा सतप्रतिशत स्वदेशी लगानी हुनेछ। पछिल्लो समय सरकारले नेपालमै सवारी एसेम्बल गर्न चाहने उद्योगलाई विभिन्न किसिमका सहुलियत दिएसँगै उद्योग दर्ता हुने क्रम उल्लेख्य रुपमा बढेको छ।

हालसम्म नेपालमा सवारी एसेम्बल गर्न भन्दै करिब डेढ दर्जन उद्योग दर्ता भइसकेका छन्। आगामी आर्थिक वर्षको बजेटमा सरकारले विद्युतीय मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने प्रयोजनका लागि ल्याइने कच्चा पदार्थमा १ प्रतिशतमात्र भन्सार महसुल लाग्ने व्यवस्था गरेको छ। यसले पनि सवारी एसेम्बल गर्न चाहनेहरुलाई प्रेरित गरेको हुनसक्छ।

यसैगरी नेपालमा सुजुकीका कार तथा मोटरसाइकल र तीनपांग्रे सवारी बनाउन सीजी अटोमोटिभ इन्डस्ट्रि प्रालि दर्ता भएको छ। त्यसैगरि यामाहाको मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्न एमएडब्लू अटो प्रालि र विद्युतीय स्कुटर एसेम्बल गर्न इ-बोल्ट मोबिलिटी प्रालि दर्ता भएको छ। यी तीनवटै कम्पनी चालु आर्थिक वर्षमा उद्योग विभागमा दर्ता भएका छन्।

सुजुकीका कार तथा मोटरसाइकल र तीन पांग्रे सवारी एसेम्बल गर्न चौधरी समूह अन्तर्गतको सीजी होल्डिङले बाराको परवानीपुरमा उद्योग दर्ता गरेको हो। सो उद्योगको कुल पुँजी १ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ रहेको छ।

उक्त उद्योगबाट वार्षिक १० हजार दुईपांग्रे, ३ हजार तीनपांग्रे र १० हजार चारपांग्रे सवारी उत्पादनको लक्ष्य रहेको छ। यो उद्योगमा १ सय १३ जनाले रोजगारी पाउने अनुमान गरिएको छ।

ठूला उद्योगका रुपमा दर्ता भएको यो उद्योगमा शतप्रतिशत स्वदेशि लगानी हुनेछ। सीजी अटोमोटिभ इन्डस्ट्रि गत साउनमा दर्ता भएको हो।

त्यस्तै यामाहाका मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल गर्न समेत एमएडब्लू अटो प्रालि असोजमा दर्ता भएको थियो। एमएडब्लू इन्टरप्राइजेजले यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर एसेम्बलका लागि १ अर्ब ५१ करोड ५० लाख रुपैयाँ लगानी गर्ने गरि उद्योग दर्ता गरेको हो।

मोरङमा स्थापना हुने एमएडब्लू अटो प्रालि १ सय ४४ जनालाई रोजगारी दिने छ भने सो उद्योगबाट वार्षिक ३१ हजार मोटरसाइकल र १९ हजार वटा स्कुटर उत्पादन हुने छ।

शतप्रतिशत स्वदेशी लगानीमा स्थापना हुने एमएडब्लू अटो प्रालि ठूला उद्योगका रुपमा दर्ता भएको उद्योग विभागले जनाएको छ। 

यसैगरि कात्तिक ३० गते इ-बोल्ट मोबिलिटी प्रालि नामक उद्योग दर्ता भएको हो। उक्त उद्योगमा २४ करोड ३० लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव गरिएको छ। इ-बोल्ट मोबिलिटीले वार्षिक १५ हजार वटा विद्यूतीय स्कुटर उत्पादन गर्ने क्षमता राख्नेछ।

मझौला उद्योगका रुपमा दर्ता भएको इ-बोल्ट मोबिलिटीले १ सय जनालाई रोजगारी दिने जनाएको छ। पछिल्लो पटक विद्युतीय सवारीको प्रयोग तथा आयात बढ्दै गइरहेको छ।

नेपालमा सवारी एसेम्बल/उत्पादनका लागि हालसम्म दुई दर्जनभन्दा बढी उद्योग दर्ता भइसकेका छन्। तर एसेम्बल नै थाल्नेमा हुलास अटो क्राफ्ट र जगदम्बा अटो रहेका छन्। हुलास अटो क्राफ्टले बजाजका मोटरसाइकल र जगदम्बा अटोले टीभीएसका मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्दै आएका छन्।

images

प्रकाशित : मंगलबार, जेठ ३१ २०७९०७:१५

प्रतिक्रिया दिनुहोस