बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

१० महिनामा बैंकहरूको नाफा ५८ अर्ब ३३ करोड

नबिलभन्दा ग्लोबल आईएमईको नाफा ५१ करोड बढी हुँदा एनआईसी एसिया पछिपछि, कुन बैंकको कति?

आइतबार, जेठ २९ २०७९
१० महिनामा बैंकहरूको नाफा ५८ अर्ब ३३ करोड

काठमाडौं- चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरूले ५८ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। साउनदेखि बैशाखसम्म २७ वाणिज्य बैंकहरूले उक्त नाफा कमाएका हुन्। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार १० महिनामा सबैभन्दा धेरै कमाउनेमा ग्लोबल आईएमई बैंक रहेको छ। त्यस्तै दोस्रोमा एनआईसी एसिया बैंक र तेस्रोमा नबिल बैंक रहेको छ। 

ग्लोबल आईएमई बैंकले ४ अर्ब ३१ करोड नाफा कमाउँदा एनआईसी एसियाले ४ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ। त्यस्तै नबिल बैंकले ३ अर्ब ८२ करोड रुपैयाँ नाफा कमाएको छ। 

ग्लोबल आईएमईले नबिलको भन्दा ५१ करोड बढी नाफा कमाएको छ भने एनआईसीले भन्दा २० करोड रुपैयाँ बढी नाफा कमाएको छ।

सबैभन्दा थोरै नाफा कमाउनेमा लक्ष्मी बैंकले १० महिनामा ९२ करोड रुपैयाँ नाफा कमाएको छ। यता सिभिल बैंक पनि १० महिना नाफा कमाउनेमा अर्ब क्लबमा उक्लिएको छ। सिभिल बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ। 

कुन बैंकको नाफा कति? 

बैंक

नाफा

ग्लोबल

४ अर्ब ३१ करोड

एनआइसी

४ अर्ब ११ करोड

नबिल

३ अर्ब ८२ करोड

राष्टिय वाणिज्य

३ अर्ब ४६ करोड

प्राइम

३ अर्ब १५ करोड

एनएमबी

२ अर्ब ९७ करोड

एनआइबीएल

२ अर्ब ८४ करोड

नेपाल बैंक

२ अर्ब ५६ करोड

सिद्धार्थ

२ अर्ब ४४ करोड

मेगा

२ अर्ब २८ करोड

कुमारी

२ अर्ब ८ करोड

कृषि विकास

२ अर्ब २ करोड

एभरेष्ट

१ अर्ब ९० करोड

स्ट्यान्डर्ड चार्टर्ड

१ अर्ब ८२ करोड

सिटिजन्स बैंक

१ अर्ब ७९ करोड

सानिमा बैंक

१ अर्ब ७९ करोड

एनसीसी

१ अर्ब ७३ करोड

माछापुछ्रे

१ अर्ब ६८ करोड

हिमालयन

१ अर्ब ६७ करोड

सनराईज

१ अर्ब ५० करोड

प्रभु बैंक

१ अर्ब ४९ करोड

एसबीआइ

१ अर्ब ४० करोड

एनबी बैंक

१ अर्ब २४ करोड

सेञ्चुरी

१ अर्ब १५ करोड

बैंक अफ काठमान्डु

१ अर्ब ५ करोड

सिभिल बैंक

१ अर्ब ५ करोड

लक्ष्मी बैंक

९२ करोड

 


प्रकाशित : आइतबार, जेठ २९ २०७९११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend