बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

गौतम बुद्ध विमानस्थलको सुरक्षामा खटिने सेना बस्न ३ करोड रुपैयाँमा भ्यू पोस्ट बन्दै

images
आइतबार, जेठ २९ २०७९
images
images
गौतम बुद्ध विमानस्थलको सुरक्षामा खटिने सेना बस्न ३ करोड रुपैयाँमा भ्यू पोस्ट बन्दै
images
images

काठमाडौं (जेठ ३०) - गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा खटिने नेपाली सेना बस्ने संरचना निर्माण हुने भएको छ।

images
images
images

नेपाल नागरिक उड्डयन प्राधिकरण राष्ट्रिय गौरवको आयोजना निर्देशनालयले विमानस्थलको सुरक्षामा खटिने नेपाली सेना बस्ने पोस्ट अफिस भवन निर्माण गर्न लागेको हो।

images
images

आयोजना कार्यालयले संरचना निर्माणका लागि कम्पनीसमेत छनोट गरेको छ। आयोजनाले ३ करोड  १८ लाख रुपैयाँमा संरचना बनाउने गरी कम्पनी छनोट गरेको छ।

images
images
images

आयोजल कार्यालयले एम/एस राजन निर्माण सेवा कम्पनी छनोट गरेको हो। विमानस्थल जेठ २ गतेबाट व्यवसायिक रुपमा सञ्चालनमा आइसकेको छ। विमानस्थलबाट जजिरा एयरले सातामा ३ दिन कुवेतबाट उडान गरिरहेको छ।

विमानस्थलबाट उडान गर्न दर्जनभन्दा बढी एयरलाइन्स कम्पनीले अध्ययनसमेत गरिरहेका छन्।


प्रकाशित : आइतबार, जेठ २९ २०७९०८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend