शुक्रबार, मंसिर २२ गते २०८०    

किसानलाई मल उपलब्ध गराउन सभामुखले गराए सरकारको ध्यानाकर्षण

images
बिजनेस न्युज
images
किसानलाई मल उपलब्ध गराउन सभामुखले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले खेतीको समयमा पनि किसानले मल नपाएको गुनासो बढेको भन्दै यथाशीघ्र मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

images
images
images

प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्ने अधिकांश सांसदले किसानले मल तथा बीउ नपाएको भनी संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले उक्त मागप्रति ध्यानाकर्षण जनाउँदै शीघ्ररुपमा मलखादको व्यवस्थापन गर्न आग्रह गरे। 

images

'खेतीका समयमा पनि मल उपलब्ध नभइरहेका सन्दर्भमा माननीय सदस्यले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ, यथाशीघ्र किसानलाई मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु', सभामुख सापकोटाले भने। रासस

images


प्रकाशित : आइतबार, जेठ २९ २०७९०७:४१
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ