काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालय र मन्त्रालय अन्तर्गतका निकाय तथा कार्यालहरूको स्वामित्वमा रहेको सवारी सधान तथा बेकम्मा समाग्रीको विवरण माग गरेको छ।
जेठ २६ गते मन्त्रालयका सचिवस्तरीय निर्णय गर्दै ३ दिनभित्रै सबै विवरण पेस गर्ने भनिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयको निर्णयअनुसार मन्त्रालयलाई सबै विवरण पेस गर्न भनिएको थियो।
सोहीअनुसार मन्त्रालयले आफू मातहतको सबै निकाय तथा कार्यालहरुसँग विवरण मागेको हो।