शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सूचकमा आकर्षक सीवाईसी लघुवित्तका लगानीकर्ताले पहिलो दिन नै १० हजारभन्दा बढी कमाउने, पहिलाे काराेबार कहिले?

images
शनिबार, जेठ २८ २०७९
images
सूचकमा आकर्षक  सीवाईसी लघुवित्तका लगानीकर्ताले पहिलो दिन नै १० हजारभन्दा बढी कमाउने, पहिलाे काराेबार कहिले?
images
images

काठमाडौं- सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर नेप्सेमा सूचीकृत भएको छ। सोमबारबाट दोस्रो बजारमा कम्पनीको पहिलो कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ३४४.३६ रुपैयाँदेखि अधिकतममा १०३३.०८ रुपैयाँको ओपनिङ रेन्ज तोकेको छ। लगानीकर्ताले पहिलो दिन नै १० हजार ३ सय ३० रुपैयाँ कमाउने देखिएको छ। 

images
images
images

धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ बमोजिम लघुवित्तको गोलाप्रथाबाट ३६ हजार ९४८ जनाले आईपीओ प्राप्त गरेका थिए। यसरी बाँडफाँट गरेर बाँकी रहेको ८ कित्ता सेयर गोलाप्राथबाट सेयर पाउने ३६ हजार ९४८ जनामध्ये ८ जनालाई थप १/१ कित्ताका दरले बाँडफाँड गरिएको छ। जसअनुसार भाग्यमानी ३६ हजार ९४० जनाले १० कित्ताका दरले र ८ जना आवेदकले ११ कित्ताका दरले सेयर पाएका थिए।

images
images

कम्पनीले बैशाख २ गतेबाट ६ गतेसम्म कुल ३ लाख ९५ हजार ३३६ कित्ता सेयर बिक्रीमा ल्याएको थियो। जसमा १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोष र ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सर्वसाधारणको लागि बाँडफाँट गरेको थियो।

images
images

लघुवित्तको आईपीओमा कुल २२ लाख ५ हजार ६३३ जनाको आवेदन परेको थियो। त्यस मध्ये ३ हजार २७२ जानको आवेदन रद्द भएकाले २२ लाख २ हजार ३६१ वटा आवेदन मात्र सदर भएको थियो। 

हाल लघुवित्तको चुक्तापुँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ छ। आईपीओ बाँडफाँटपछि लघुवित्तको चुक्तापुँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुगेको छ।


प्रकाशित : शनिबार, जेठ २८ २०७९१२:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend