बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

१० महिनामा ८ खर्ब ११ अर्ब रेमिट्यान्स भित्रियो (कुन महिना कति)

शुक्रबार, जेठ २७ २०७९
१० महिनामा ८ खर्ब ११ अर्ब रेमिट्यान्स भित्रियो (कुन महिना कति)

काठमाडौं- चालु आर्थिक वर्षको १० महिनामा ८ खर्ब ११ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा विप्रेषणबाट मुलुकमा भित्रिएको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार चालु वर्षको साउनदेखि बैशाखसम्मको अवधिमा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ बराबरको रेमिट्यान्स मुलुकमा भित्रिएको हो। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा ०.२ प्रतिशतले धेरै हो। चालु आर्थिक वर्षमा पहिलोपटक रेमिट्यान्स वृद्धिदर सकारात्मक भएको छ। 

तर अमेरिकी डलरमा भने रेमिट्यान्स अझै बढ्न सकेको छैन। डलरको भाउ बढेकाले नेपाली रुपैयाँमा वृद्धि देखिएपनि डलरमा भने रेमिट्यान्स अझै गत वर्षको तुलनामा १.६ प्रतिशत न्यून अर्थात् ६ अर्ब ७६ करोड डलर मात्र भित्रिएको छ। अघिल्लो वर्ष डलरमै रेमिट्यान्स १६ प्रतिशतले बढेको थियो। 

चालु वर्षको १० महिना मध्ये मागमा सबैभन्दा न्यून भित्रिएको थियो। फागुनमा बढेको रेमिट्यान्स चैतमा उच्च बिन्दुमा पुगेको थियो। बैशाखमा चैतको तुलनामा न्यून रेमिट्यान्स भित्रिएको थियो। 

कुन महिना कति भित्रियो? 

zETpM--.png

 

 


प्रकाशित : शुक्रबार, जेठ २७ २०७९११:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend