शनिबार, जेठ ५ गते २०८१    
images
images

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने तयारी, फाइल मन्त्रिपरिषद्‍मा

images
शुक्रबार, जेठ २७ २०७९
images
images
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने तयारी, फाइल मन्त्रिपरिषद्‍मा
images
images

काठमाडौं- नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बनको तयारी गर्दै फाइल मन्त्रिपरिषद्‍मा पुगेको छ। मन्त्रीपरिषद्‍मा पुगेको फाइलमा अधिकारीलाई स्पष्टीकरण सोध्ने र उपयुक्त जवाफ नआउँदासम्म वा अर्को व्यवस्था नभएसम्मलाई निलम्बनमा राख्ने उल्लेख छ।

images
images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्नेगरी काम अघि बढाएका हुन्।

images

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार मन्त्री आलेले अधिकारीलाई निलम्बन गर्नेगरी फाइल मन्त्रिपरिषदमा लगेका हुन्।आलेले नै गत कात्तिकमा निगमका महाप्रबन्धक डिम प्रकाश पौडेललाई हटाएर यौनदुराचारको आरोप लागेका निगमकै पूर्वकर्मचारी अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेका थिए।

images
images

अहिले अधिकारीको नेतृत्वमा निगम सञ्चालन गर्दा निगममा थप हानि नोक्सानी हुने देखिएकोले उनी निगमको कार्यकारी अध्यक्षमा रहन योग्य नदेखिएको, अधिकारीलाई निगममा राखिरहँदा निगमको ख्यातिमा आँच आउने र थप वित्तीय हानि नोक्सानी हुने साथै कर्मचारीको मनोबल गिर्न गइ निगमलाई प्रतिकूल असर पर्ने देखिएको भन्दै निलम्बनको तयारी गरिएको हो। 

images
images

यस्तो छ अधिकारी निलम्बन गर्न दिइएका आधारहरू

- अधिकारीले कानूनी आधार र औचित्यबिना ट्वीनअटर विमान भाडामा दिएको

- सार्वजनिक प्रतिस्पर्धा नगराई एउटा संस्थालाई मात्र सहभागी गराएर सिधै टिकट बिक्री गर्ने गरेको 

- निगमको प्रभावकारिताको लागि रणनीतिक योजना बनाएर कार्यान्वयन गर्न नसकेको

- निगमको जहाज साउदी अरब सञ्चालन गर्ने प्रयोजनको लागि भ्रमण कार्यमा बिना निर्णय जम्बो टोली सहभागी गराई निगमलाई वित्तीय हानी नोक्सानी पुर्‍याएको

- निगमका पदाधिकारीहरू र कर्मचारीहरूलाई अनुशासनमा राख्न नसकेको

- सञ्चालक समितिको बैठकमा सबै पदाधिकारीहरूलाई समेटेर बैठक सञ्चालन गर्न नसकेको

- कार्यकारी अध्यक्षको यस्ता कृयाकलापबाट राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको अन्तर्राष्ट्रिय ख्यातिमा आँच पुगेकोजस्ता आधारहरू दिइएका छन्। 


प्रकाशित : शुक्रबार, जेठ २७ २०७९०९:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend