बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको ‘बिग’ मर्जर सम्झौता आज हुँदै, मर्जपछिको सूचक कस्तो?

शुक्रबार, जेठ २७ २०७९
नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको ‘बिग’ मर्जर सम्झौता आज हुँदै, मर्जपछिको सूचक कस्तो?

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जरमा आजै सम्झौता हुने भएको छ। दुवै बैंकले आज शुक्रबार नेप्से कारोबार सकिएपछि दुईपक्षबीच सम्झौता हुन लागेको हो। 

इन्भेष्टमेन्ट बैंकका एक कर्मचारीका अनुसार शुक्रबार नेप्से कारोबार सकिएपछि सम्झौता गर्नेगरी अन्तिम तयारी भइरहेको छ।   

सम्झौतापछि चुक्ता पुँजीको हिसाबले सबैभन्दा ठूलो बैंक बन्ने छ। गत साता मात्रै दुई बैंकले मर्जरका लागि अन्तिम तयारी गर्दै स्वाप रेसियो टुंगो लगाएका थिए। दुई बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जर हुन लागेको हो। चुक्ता पुँजीको हिसाबले ग्लोबल बैंक सबैभन्दा ठूलो बैंक हो। जसको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ।

मेगा बैंकका सेयर धनीको १०० कित्ता सेयर हुँदा मर्जपछि ९० कित्ता हुनेगरी अनौपचारिक सहमति भएको हो। दुई बैंक मर्ज भएपछि चुक्तापुँजी ३२ अर्ब ८० करोड रुपैयाँ हुनेछ। नेपाल इन्भेष्टमेन्ट बैंकको १८ अर्ब ३० करोड चुक्ता पुँजी रहेको छ। मेगा बैंकको १६ अर्ब १२ करोड रहेको छ।

मर्जरपछि बन्ने बैंकको चुक्तापुँजी स्वाप रेसियोबाट आउने पैसाले दिने लाभांशले बैंकको चुक्तापुँजी मात्र ३४ अर्बभन्दा बढी हुने छ। दुवै बैंकको सञ्चालक समितिले अबको दुई हप्ताभित्रै सम्झौताको तयारी गरेको बैंकको नाम पनि फाइनल भएको छैन। दुई बैंकले आफ्ना नामको अस्तित्व नमेटाउने छलफल गरिरहेका छन्। मर्जरपछि बन्ने बैंकको नाम, बैंकको अध्यक्ष , बैंकको सीईओ र प्रारम्भिक स्वाप पनि तय भइसकेको छ।

सहमतिअनुसार मर्जपछि बन्ने बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ रहने छ भने अध्यक्ष र सीइओ इन्भेष्टमेन्टकै रहने छन्। अन्य संचालक भने दुवै बैंकबाट प्रतिनिधित्व गर्ने गरी तयारी भएको छ। 


प्रकाशित : शुक्रबार, जेठ २७ २०७९०७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend