शुक्रबार, जेठ ४ गते २०८१    
images
images

युक्रेनमा रसियाको आक्रमण, संसारका करोडौँ जनताले भोग्दैछन् संकट 

images
शुक्रबार, जेठ २७ २०७९
images
images
युक्रेनमा रसियाको आक्रमण, संसारका करोडौँ जनताले भोग्दैछन् संकट 

दक्षिण एसियाका मुलुकका जनता पनि यसबाट धेरै पीडित हुने देखिएको छ। यो क्षेत्रका कम्तिमा ५० करोड जनता प्रभावित हुने छन्। 

images
images

काठमाडौं- रसियाले युक्रेनमा आक्रमण गरेको तीन महिनाभन्दा बढी भयो। अझैसम्म युक्रेनमा युद्ध जारी छ। युद्ध युक्रेनमा भइरहेको छ। जनधनको क्षति युक्रेनको भइरहेको छ। तर यसको असर संसाभरभर परेको छ। 

images
images
images

यो युद्धको मूल्य संसारका करोडौँ मान्छेहरूले चुकाइरहेका छन्। यही युद्धका कारणले संसारभर यो पुस्ताकै पहिलो पटक यस्तो संकट भोगिरहेका छन्। यसै पनि कोरोना महामारीबाट प्राताडित जनता अहिले खाद्य, ऊर्जा र मलको मूल्यवृद्धिको मारमा परेका छन्। यसले गर्दा समग्रमा गुजराको मूल्य आकासिएको छ। अहिलेको पुस्ताले यस्तो संकट पहिलोपटक भोगेको सयुक्त राष्ट्र संघले उल्लेख गरेको छ। 

images

युक्रेनमा भइरहेको युद्धको असरका बारेमा अध्ययन तथा सिफारिस गर्नका लागि सयुक्त राष्ट्र संघका महासचिवले गठन गरेको 'ग्लोबल क्राइसिस रेस्पोन्स ग्रुप' ले हालै संक्षिप्त अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। 

images
images

यो समूहको अध्ययन अनुसार अहिले देखिएका तीन मध्ये एउटा संकटसँग १ अर्ब ६० करोड मान्छे जुधिरहेका छन्। खाद्य, वित्त र ऊर्जामध्ये एक संकटसँग जुध्ने जनता ९४ देशका छन्। 

images
images

'धरातलमा हेर्ने हो भने प्रत्येक दिनले एउटा नयाँ कठिनाइ ल्याइरहेको छ। युद्धका कारणले संसाभर एउटा डरलाग्दो भोकमरी र गरिबीको वेभ आउने देखिन्छ' समूहको संक्षिप्त प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र संघका महासचिव एन्टोनियो गुट्‍रेजले भनेका छन्,'जोखिमपूर्ण अवस्थाम रहेका जनता र देश यसअघि नै संकटमा थिए। तर अहिलेको यो 'कस्ट अफ लिभिङ' को जोखिमसँग जोगिर हिड्नसक्ने अरु पनि रहेनन्।' 

अहिले देखिएका विश्वव्यापी संकटसँग जुध्नसक्ने क्षमता ह्रास हुँदै गएको छ। देशहरूले यस्तो क्षमता गुमाउँदै गएको उक्त अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ। एकल क्षमता गुमाउँदै गएका देशहरूका लागि अब एउटै बिकल्प भनेको बहुपक्षीइ साझेदारी हो। बलियो राजनीतिक इच्छाशक्तिमा आधारित यस्तो साझेदारी अहिलेको आवश्यकता रहेको राष्ट्र संघीय टोलीको बुझाइ छ। 

'यो समस्या समाधानको एउटै मात्र आयाम छैन' युनाइटेड नेसन्स कन्फ्रेन्स अन ट्रेड एण्ड डेभलपमेन्ट(अनक्याट्ड) को महासचिव रेविका ग्र्यानस्प्यानले भनेकी छन्,' आम्दानी खुम्चिएकोछ। घट्दो आम्दानीका बीच जीवन गुजराका लागि व्यवस्थापन गर्न कठिन भइरहेको छ परिवारहरूलाई। यस्तोमा अर्को कठिन चक्र सुरु भएको छ।' 

rusukren.jpg

संसारभर रोजगारीमै भएका ६० प्रतिशतको न्यून आम्दानी छ। संसारका आधाभन्दा धेरै गरिब देश उच्च ऋणको जोखिममा छन्। युक्रेनमा युद्ध सुरु भएपछि संसारमा भोकमरीको जोखिम अझै विस्तारित भएको छ। विश्व खाद्य कार्यक्रमले खाद्य असुरक्षामा रहेका जनताको संख्या दोबरले बढेको छ महामारीअघिको तुलनामा।  कार्यक्रमका अनुसार १३ करोडबाट २७ करोड संख्या पुगेको छ। युद्धका कारणले यो बढेर ३२ करोड पुग्ने अनुमान गरिएको छ। 

सयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संस्थाले युद्ध सुरु हुनुअघि नै खाद्यन्नको मूल्य ऐतिहासिक विन्दुमा पुगिसकेको थियो। युद्धका कारणले अहिले अधिकांस वस्तुको मूल्य आकासिएको छ। 

'यो वर्षको खाद्य संकट भनेको पहुँच र पर्याप्तताको मात्र हो। अर्को वर्ष खाद्यन्नकै अभाव हुने छ' राष्ट्र संघीय महासचिवले भनेका छन्,' यो संकट आउन नदिनका लागि खाद्य तथा ऊर्जा बजारको अहिलेको बढ्दो ट्रेन्डलाई नियन्त्रण गर्नुपर्छ। बढ्दो मूल्यवृद्धिबाट विकासोन्मुख देशलाई राहत दिनका लागि पनि यो गर्न आवश्यक छ। युक्रेनको खाद्य उत्पादन र रसियाको खाद्य तथा मल विश्व बजारमा आउन आवश्यक छ।' 

अहिलेको विश्वव्यापी संकटबाट संसारका सबै देश लगभग प्रभावित भएका छन्। 'तर सबै उत्तिकै प्रभावित छैनन्। कोही क्षेत्र तथा देश धेरै प्रभावित भएका छन्' राष्ट्र संघीय टोलीको ब्रिफमा उल्लेख गरिएको छ। 

धेरै गरिब देश यो संकटबाट धेरै प्रभावित हुने छन्। 

दक्षिण एसियाका मुलुकका जनता पनि यसबाट धेरै पीडित हुने देखिएको छ। यो क्षेत्रका कम्तिमा ५० करोड जनता प्रभावित हुने छन्। 


प्रकाशित : शुक्रबार, जेठ २७ २०७९०४:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend